मजदुर दिवस र आमा डिल कुमारी थापा प्रति हार्दिक श्रद्धा सुमन

 

जे सी सिंजाली सूर्य थापा
आमा तपाईंको मृत्युको दिनले म लाई हर वर्षको मे १ मजदुर दिवसको दिन हजुरलाई सम्झने मौका मिलि रहेको छ ।यस मा तपाईंको श्रमिक यात्राले हामी र मलाई पनि मजदुर एकतामा सगाउनुमा ठुलो भूमिका भएको म महसुस गरेको छु । कि तपाईंको जन्म र मृत्युको दिनले पनि म तपाईंको सन्तान भएर जन्मेकोमा मलाई गर्भ लाग्छ ।जहाँसम्म कि हाम्रो समाजमा पनि दुःखी ,गरिब, मजदुर, किसान,भरिया, ज्यामीहरुले अपहेलित जीवन बिताउन परिरहेको अवस्थामा तपाईंले हामीलाई मजदुरी गरी हाम्रो पालन पोषण गर्नु भयो । त्यो समय धेरै कष्टकर अवस्थामा दौडिरहेको थियोे जहाँ कि कसैले कसैलाई सहयोग गर्ने भावना विकास भएको थिएन । त्यसैमाथि हामी भर्खरै भारतबाट नेपाल आएको अवस्थाले पनि अति नै कष्टकर अवस्था हामीमा आई परेको थियोे जहाँ हामी सानै थियौं । तपाईंलाई सघाउने त्यति ठूलो हामीमा पहुँच थिएन र पनि म भने तपाईंको हर कदमलाई नियालेर हेरिरहेको हुन्थे । तपाईंको श्रम देखेर मलाई उर्जा पलाइरहेको महसुस गरेको हुन्थे । जहाँ तपाईंको अवस्था देखेर सघाउनुको सट्टा चार पाथी गहुँ दिएर हामीलाई छुट्टाई दिनु भएको थियोे । यो सबै म नियालेर हेरिरहेको हुन्थे । आमाको यो साहस र आटँले नै हाम्रो जीवनमा उर्जा भरिरहेको छ । मलाई आक्रमणको आगो भित्र भित्रै बलेको भैरहन्थियौं कि यो अन्यायको पूर्णरुपमा म प्रतिकार गर्न सके । तपाईलाई सहयोग हुने थियोे भन्दै म मन भित्रको आक्रोश बालिरहेको हुन्थे तर पनि तपाईंको हारको महसुस म कहिलै भेट्न सकेना आमा तपाईं हरपल हाम्रोलागि ठूलो संघर्षरत रहनु भयो । तपाईंको संघर्षरत यात्रामा म र हामी सधैं कटिबद्ध रहने छौँ कि मजदुर किसान ज्यामी दुःखी गरिब सबैको अधिकार सम्मान रुपमा प्राप्तिकोलागि हाम्रो मजदुर एकता हमेसा अगाडि लम्किरहेको छ
आमा तपाईंको मृत्युको दिन हामी एकता समाजको आयोजनामा मजदुर दिवस माउन हाम्रो निवासमा नै सुचित गरेका थियौं तर तपाईंको यो संसारबाट बिदा हुने दिन भयो जुन दिन १ मे २०१० (१८वैशाख २०६७) हामी सबैलाई शोकमा घेरा बन्दी भयौं । मजदुर दिवसको कार्यक्रमलाई शोक सभामा बदल्न बाध्य भयौं ।
आमा तपाईंसँग बाचा गरेको जुन कार्य थियोे त्यो म पूरा गरेको छु । जुन हो काज कृया गर्ने छैन भनेको हामी भाई साइलो , साईली बुहारी , जेठी बुहारी म हामी त्यो कुसंस्कारको विपरित बाटोबाट अगाडि बढेका हौं । म भनेको थिए आमा म तपाईंको कृया गर्ने छैन जीवित छँदा नै जे गर्नु थियोे त्यो गर्न नसके पछि कपाल खौरेर के हुन्छ ? हामी सबै समाजका अगुवाहरुले पनि बुझ्नु पर्ने अवस्था छ । जहाँसम्म हामी यो अन्धोपनलाई उज्यालो तिर मोड्दैनौ तब सम्म समाजमा आफुले आफुलाई बदलिँदो समय परिस्थितिसँग बदल्न सक्दैनौं तबसम्म हाम्रो अवस्थामा ठेस आइरहेको हुनेछ ।
आमा तपाईंको सम्झनामा म हरेक मजदुर दिवसको दिन सानो सन्देश प्रवाह गरेको हुनेछु । तपाई र मजदुरको बीचमा एकरुपता रहेको महसुस गरेका छौँ र त्यो मृत्युको दिनले पनि हामीलाई सम्झाई रहेको छ ।अन्तमा आमा डिल कुमारी थापा प्रति हार्दिक श्रद्धा सुमन प्रकट गर्दछु । आमा तपाईंको मृत्युको १८० महिना यसरी समझेको छु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित