१३६औं मजदुर दिवसको अवसरमा विरामीहरुलाई फलफूल वितरण सहित स्वास्थ्यलाभको कामना

अर्घाखाँची । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी ट्रेड युनियन महासंघ जिल्ला समिति अर्घाखाँचीको आयोजनामा २०८२ बैशाख १८ गतेका दिन १३६औ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा जिल्ला अस्पतालमा विरामीहरुलार्इ भेटेर स्वास्थ्य लाभको कामनाको साथै फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ । क्रान्तिकारी ट्रेड युनियन महासंघ जिल्ला संयोजक हिम्मत विकको नेतृत्वमा सम्पन्न कार्यक्रमलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रिय सदस्य तथा जिल्ला सेक्रेटरी राजेन्द्र नेपालीले सम्वोधन गर्दै सन १८८६ मई १गते अमेरिकाको शिकागो शहरमा दिनमा १८÷२० घन्टा काम लगाउने कम्पनी मालिकहरुको अन्याय सहन नसकेर मजदुरहरुको आन्दोलनले तत्कालीन सरकार र सम्युक्त राष्ट्र संघलाइ ८ घन्टा काम, ८घन्टा आराम र ८ घन्टा मनोरञ्जनको नीति निर्माण गर्न बाध्य बनाएको तर विश्वमा साम्राज्यवादी र प्रतिकृयावादीहरुले मजदुरका हकअधिकारहरु कटौती गर्दै लगेको बताउनुभयो । नेपालमा दलाल पुँजिवादी संसदीय व्यवस्थाबाट मजदुर र उत्पीडित वर्गको मुक्ति सम्भव नरहेको बताउँदै आफ्ना हक र अधिकार लिन क्रान्तिकारी ट्रेड युनियन महासंघमा संगठित हुँदै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा सहभागी भएर नयाँ जनवादी गणतन्त्र स्थापनाको दिशामा अघि बढ्न आव्हान गर्नु भयो । कार्यक्रममा जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा जगन्नाथ तिवारीले सहजीकरण गर्नुभएको थियो, कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल, दलित पत्रकार संघ लुम्बिनी प्रदेश सचिव अनिल नेपाली, लगायतको उपस्थिति रहेको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित