अर्घाखाँचीमा १३६औं मजदुर दिवस तथा जनसम्बन्ध विस्तार अभियानको समापन

अर्घाखाँची । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवस र जनसम्बन्ध बिस्तार अभियान समापन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रिय वैकल्पिक पोलिटव्यूरो सदस्य कृष्ण केसीले सम्बोधन गर्दै लोकतान्त्रिक गणतन्त्रको विकल्प मरिसकेको राजतन्त्र नभएर जनवादी गणतन्त्र भएको बताउनुभयो। वर्तमान सत्तासिन राजनीतिक दलका नालायकीपन कारण प्रतिगामीहरुले टाउको उठाउन खोजेको तर सम्भव नरहेको बताउनुभयो। कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रिय वैकल्पिक पोलिटब्युरो सदस्य नरेन्द्र थापाले वर्तमान दलाल संसदीय व्यवस्थाबाट मजदुर तथा उत्पीडित जनताको मुक्ति सम्भव नरहेको बताउँदै नयाँ जनवादी गणतन्त्र नेपाल निर्माणको लागि जुरमुराएर उठ्न आव्हान गर्नु भयो ।कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला सेक्रेटरी राजेन्द्र नेपालीले सन्चालन गर्नु भएको थियो । कार्यक्रममा रक्तिमका कलाकारको नृत्य प्रस्तुति पनि रहेको थियो ।

राजेन्द्र नेपाली

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित