मजदुर दिवस मनाउँदै दाङमा जनसम्बन्ध विस्तारको समापन

१८ बैशाख ,गढवा दाङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ४ नम्बर ब्युरोको आयोजनामा आज जन सम्बन्ध विस्तार अभियान समापन तथा १३६ औंं अन्तर्राष्ट्रिय मजदुर दिबश भब्य रुपले सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य शशिधर भण्डारी , पोलिटब्युरो सदस्य नारायण योगी तथा ब्युरो ४ का सचिव समीर के सी लगाएतका वक्ताहरुले मन्तव्य राखेका थिए।

वक्ताहरुले जन सम्बन्ध विस्तार अभियानले देश र जनतामा नयाँ उत्साह थपेको , जनताहरु अहिलेसम्म कहाँ हुनुहुन्थ्यो ? भन्ने जस्ता प्रस्न राख्नुहुन्थो । देशको आमूल परिवर्तनका लागि निरन्तर सङघर्षमा रहेको पार्टी यहीँ हो । अब हामी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा संगठनमा बसेर यश पार्टीको कार्यनीति तथा रणनीति लागुगर्दै जनबादी क्रान्तिका अधुरो क्रान्ति पुरागर्न जनताहरु उठन तयार रहेको कुरा राख्नु भएको थियो । ४५ दिने लामो अभियानबाट विभिन्न जिल्लामा पार्टीको उपस्थिति जनतामा बिस्वास देखिएको हुँदा आउदा दिनमा यी संसदबादी दलहरु यिनीहरुकै गलत क्रियाकलापका कारण नाङ्गिदै गइसकेका छन् र अब यिनीहरु समाप्त हुने दिन नजिकै रहेको बताए ।

देश आर्थिक राजनीतिक तथा सामाजिक रुपमा कमजोर रहेको राज्य सञ्चालकहरु भ्रष्टाचार माफिया तस्करमा फसेको हुदा जनतामा विशवास हराएको हुदा अब देश बनाउने जिम्मेवारी क्रान्तिकारीहरुले लिनुपर्ने समय आएको छ । यसकालागी तयार रहन जनतामा आब्हान गरे ।

विश्व अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना दिदै वक्ताहरुले राज्य व्यव्स्था परिवर्तन बिना यसको विकल्प नरहेको कुरा राखेका थिए ।

कार्यक्रम सञ्चालन जिल्ला सचिबालय सदस्य तिलक बि क , स्वागत मन्तव्य जिल्ला सचिव ईश्वरी प्रसाद गैरे ,अध्यक्षता केन्द्रीय सदस्य लालध्वज पुनले गर्नु भएको थियो ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित