कपिलवस्तु । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति कपिलवस्तुले २०८१ चैच ४ गतेदेखि चलाएको जनसम्बन्ध विस्तार अभियानको कोणसभा गरी बाँणगंगाको गजेहडा बजारमा समापन गरेको छ । जनसम्बन्ध विस्तार अभियानका सन्दर्भमा जिल्लाका विभिन्न स्थानमा कोणसभा , पर्चा वितरण , अन्तरक्रिया , जनभेटघाट , मोटरसाइकल –याली गरिएको पार्टीले जनाएको छ । १३६ अौ मजदुर दिवसको अवसर पारेर गरिएको समापन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता दिपक पौडेलले जनसम्बन्ध विस्तार अभियानको समापन पश्चात् थप सशक्त कार्यक्रम पार्टीले ल्याउने र वर्तमान दलाल संसदीय व्यवस्था बिरुद्धको भरपर्दो क्रान्तिकारी शक्तिका रुपमा पार्टीलाई स्थापित गर्न थप मिहिनेत गर्नुपर्ने कुरामा जोड दिदै जनताले खोजेको बैकल्पिक शक्ति क्रान्तिकारी कम्युनिस्ट पार्टी रहेको बताउनुभयो । पार्टी जिल्ला सचिव हिमलाल वाग्लेले जनताको घरबास उठाउने लघु बित्त , बैक , सहकारी , मिटरब्याजी विरुद्ध संघर्ष केन्द्रित गर्नुपर्ने बताउनु भयो । कार्यक्रमको सञ्चालन जिल्ला सदसय कमल उप्रेतीले गरेका थिए