भारत । अखिल भारत नेपाली एकता समाज नगर समिति होशियारपुर को आयोजनामा १३६ औ अन्तराष्टिय श्रमिक दिवस कार्यक्रम सम्पन्न भएको छ। सुदूर पश्चिम उत्तर क्षेत्रीय समिति सदस्य एवं नगर समिति होशियारपुर अध्यक्ष याम बहादुर सुनार को अध्यक्षता, केन्द्रीय समिति सदस्य राकेश कुमार को सञ्चालन संगै अतिथि केन्द्रीय समिति कोषाध्यक्ष मिलन के सी, केन्द्रीय समिति सचिव चेतमान भण्डारी, केन्द्रीय सचिवालय सदस्य सुमन्त के सी, केन्द्रीय समिति सदस्य गोपाल सुनार, केन्द्रीय समिति सदस्य तिलक घिमिरे, क्षेत्रीय समिति सदस्य लिला राई, शुस्मा बिक,मिना बिक, कृष्ण बि क आशन ग्रहन पछि शिकागोका शहीदहरू लगायत विभिन्न मुक्तिकामी आन्दोलनका शहीदहरू प्रति १ मिनेटको मौन धारण गरिएको थियो। मजदूर दिवसको महत्व बारे अतिथि मिलन के सी,चेतमान भण्डारीले प्रष्ट पार्नु भएको थियो। कार्यक्रम भव्यताका साथ सम्पन्न पार्नको निमित्त नगर समिति, महिला नगर समिति ,एरिया समितिका सदस्यहरुको महत्वपूर्ण भूमिका रहेको थियो।