बुटवल । नेकपा (मशाल) रुपन्देहीका प्रवक्ता दिपक पौडेलले पदबाट राजिनामा दिएका छन् । अन्य जिम्मेवारीका कारण आफूले नेकपा (मशाल) रुपन्देहीको प्रवक्ताको जिम्मेवारीमा रहेर काम गर्न सक्ने अवस्था नरहेको भन्दै उनले राजिनामा दिएको बताएका छन् । प्रवक्ताको पदबाट राजिनामा दिए पनि नेकपा (मशाल) को नीति तथा कार्यक्रमलाई आफूले समर्थन गरिरहने प्रतिबद्धता पौडेलले व्यक्त गरेका छन् ।
पौडेलद्वारा २०७९ माघ २३ गते जारी प्रेस वक्तव्यमा उक्त कुरा जनाइएको छ । जारी वक्तव्यमा अगाडि भनिएको छः“केही समयदेखि नेकपा (मशाल) रुपन्देहीको जिल्ला प्रवक्तामा रहेर पार्टीको नीति र अनुशासनका आधारमा सक्रिय रहँदै आएको थिएँ । अन्य जिम्मेवारीका कारण नेकपा (मशाल) रुपन्देहीको प्रवक्तामा रहेर काम गर्न सकिने अवस्था रहेन, त्यसकारण नेकपा (मशाल) को नीति तथा कार्यक्रमलाई समर्थन गरिरहने प्रतिबद्धता सहित आजदेखि प्रवक्ताको पदबाट राजिनामा दिन चाहन्छु ।”
प्रवक्ताबाट पौडेलको राजिनामा
Comments