-टेकहरि न्यौपाने
अनुशासन विहीन ,अराजक , पदलोलुप, निम्न पुँजीवादबाट ग्रसित अवसरवदीहरुको पार्टीमा घुसपैठ हुनुले नेपालमा कम्युनिष्ट आन्दोलन कमजोर हुनपुगेको हो । अन्य देशको अवस्था पनि त्यही प्रकारले गुज्रिरहेको छ । पुँजीपति र गरिब सर्वहाराबीचको अन्तरविरोधलाई समातेर गरिब ,सर्वहारा ,मजदुर किसानहरुको समस्यासँग जुधेर तिनीहरुलाई एकत्रित गर्दै संगठित गर्दे दलाल पुँजीपतिहरुको करतुतलाई भण्डाफोर गर्दै जानु पर्छ । जनताका समस्याहरु हल गर्न दलाल पुँजीपतिहरुलाई एकपछि अर्को गर्दै नङग्याउँदै जानु पर्दछ । गरिब, दीनदुःखी, मजदुर किसानहरुको भलाईको लागि जुटिरहने उनीहरुको दुःख कष्टमा अविभावकत्वको भूमिका निर्वाह गर्ने कम्युनिष्ट नै हुन् भन्ने व्यवहारबाटै प्रमाणित गर्नु पर्छ । नामधारी कम्युनिस्ट अवरवादीहरुले व्यवहारमा प्रतिक्रियावादीलाई खुशी पार्ने गरेका छन् । शुरुमै हामी जनताका कामहरु गर्नु पर्छ भन्ने सोंच्नु पर्छ । जनताको विश्वास पात्र बन्न नसक्ने जनताको समस्याहरुसँग टाढा रहने आफ्नो सुमार्ग चाहार्दै आफ्ना फाइदाको लागि मात्र सोच्नेहरु कहिल्यै कम्युनिष्ट हुन सक्दैनन् । त्यस्तोलाई कम्युनिष्ट भन्न पनि मिल्दैन । हाम्रो देश नेपालमा प्रचण्ड ,केपी ओली माधवकुमार नेपाल , बाबुराम भट्टराई विप्लव ,मोहन विक्रम सिंहलगायत थुप्रैले आफूलाई परिवर्तनका बाहक सम्झने गर्दछन् । बेला बेलामा उनीहरुका भनाई वत्तव्यहरु बजारमा आउँछ आज देशको कम्युनिष्ट आन्दोलनलाई क्षत विक्षत तहस नहस र निकै कमजोर अवस्थामा पु¥याएका छन् ।
आज सम्मको यिनीहरुको अराजक शैली ,अनुशासन विहीन पद्धति, विना सिस्टमको उरेन्ठेउला उग्र दिग्भ्रमित झुठा आश्वासन र फटाहा प्रवृतिले गर्दा आज देशमा कम्युनिष्ट पार्टी बदनाम र कमजोर बनेर गएको छ । यसमा प्रचण्डहरुले कुरा परिवर्तन, क्रान्तिका मात्र गरेर परिवर्तन हुँदैन परिवर्तन र क्रान्ति गर्न मजदुर ,किसान ,दुःखी, गरिबहरुको समस्यासँग अवगत हुनु पर्छ । तिनीहरुको समस्याका समाधानमा अहोरात्र खटिनु पर्छ । मजदुर , किसान, गरिब ,दुःखी सर्वहाराहरु सँग मिलेर तिनीहरुको समस्या नै आफ्नो समस्या हो भन्ने सम्झेर रात दिन खटिनु पर्छ । उनीहरुको बीचमाा इमानदार भरपर्दो परिपक्व ,इमानदार अनुशासित सरल कुशल पहिचान बनाउन सक्नु पर्दछ । तबमात्र कम्युनिष्ट भएको छनक जनताबीच जान सक्दछ र विश्वास पनि गर्न थाल्दछन् । ओली र प्रचण्डहरुले कम्युनिष्ट हुँ भन्न पनि रुचाउने कम्युनिष्टको कुनै अनुशासनमा बस्न पनि नसक्ने किसान, मजदुर ,गरिब ,दुःखी सर्वहारा वर्गलाई दिन प्रतिदिन दुःख दिने सरकारमा पालैपालो सामेल भएर सत्ताको बागडोर आफ्नो हातमा लिएर जनतालाई अचाक्ली कर लगाएर महंगी, दिनप्रतिदिन बढाएर, स्वास्थ्य शिक्षा जस्ता जनतासँग प्रत्यक्ष सरोकार रहने ठाउँमा व्यापारिक केन्द्र बनाएर जनताका दैनिक पहुँच र अति आवश्यक चीज र ठाउँहरुमा बिचौलियाहरुको सिन्डिकेट खडा गरेर हर ठाउँमा मजदुर ,किसान ,दुःखी , गरिब सर्वहारा ,युवा सबैलाई दिनप्रतिदिन दुःख र प्रताडित बनाउँदै देशमा रहन बस्न सक्ने वातावरण श्रृजना गर्ने देशमा विदेशीको क्रिडास्थल बनाउने देशलाई अहित हुने किसिमका सन्धि सम्झौता गर्ने विदेशीहरुको इशारामा प्रशासन चलाउने विदेशहरुको दलाली गर्ने दलाल पुँजीपतिहरुको फाइदाको लागि जति तल गिरेर भएपनि तल्ललिन भएर काम गर्ने प्रशासन न्यायालय लगायत सरकारी सेवा सुविधामा आफू र आफ्नाको लागि भर्तीकेन्द्र बनाउने अनगिन्ति गलत क्रियाकलापहरु दिन प्रतिदिन गर्दै जाने पुँजीपति दलालहरुको र आफ्नो आफ्नाको फाइदाको लागि काम गर्ने अनि यस्ता खालका निकम्मा फटाहा भरौटे दलालहरुले सत्ता र स्वार्थलाई सर्वोपरी ठान्छन् । यस्ता तत्वहरु देश र जनताको लागि निकै घातक सिद्ध हुन्छन् ।
पार्टी क्रान्ति, परिवर्तन ,मजदुर किसान ,गरिब सर्वहारा, युवा वृद्ध सबैको लागि यस्ता दलाल पुँजीपतिहरुको फाइदाको लागि मात्र मरिमेट्ने गर्दछन् । तिनीहरु पछि पछि ताली बजाएर हिँड्नेहरुले यो बुझेका छैनन् । हामीहरुले यिनीहरुको पछि दौडेर आउने पिँढीलाई र देश जनतालाई धोका भइरहेको छ । त्यसैले सबैले अब सोच्नुपर्ने दिन आइसकेको छ । ढिलो गरेर हुँदैन आमूल परिवर्तनको लागि देशै भरिका किसान, मजदुर, युवा ,दुःखी गरिब सर्वहारा र देशका सबै इमान्दार जनता एकजुुट भएर यो दलाल प्रतिक्रियावादी सरकारको अन्त्य गर्नु जरुरी छ । इमान्दार सच्चा कम्युनिष्ट त्यसलाई भन्दछ । जस्ले सबभन्दा पहिलादेश अनि जनताको लािग काम गर्दछ । अब हामी सबैले इमान्दार र देशको लागि बफादार बनेर सच्चा कम्युनिष्टको परिचय दिउँ । दलाल पुँजीपतिको समक्ष देश र जनताको दुश्मनलाई जरैबाट उखेलेर फालौं देशको लागि जनताको लागि आमूल परिवर्तनको लागि फेरि पनि बलिदानी पूर्ण सघर्षको लागि हामी झिना ,मसिना स्वार्थ आकाङ्क्षा , लोभ लालच महत्वकाङ्क्षा लाई त्यागेर एकजुट भै सच्चा कम्युनिष्ट र सही पार्टीको परिचय दिउँ ।
अनुशासन, अवसरवाद र कम्युनिस्ट आन्दोलन

Comments