क्रान्तिकारी युवा संघ नेपालको तीन नम्बर भेरी कर्णाली व्यूरोको भेला सम्पन्न

बाँके । क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट युवा संगठन क्रान्तिकारी युवा संघ नेपालको तीन नम्बर भेरी कर्णाली व्यूरोको भेला तेज बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । भेलाको प्रमुख अतिथि भेरी कर्णाली तीन नम्बर व्यूरो सचिव प्रकाश उर्जा ,विशेष अथिति क्रान्तिकारी युवा संघ नेपालका केन्द्रीय संयोजक सुर्य तिमल्सिना (जीवीत ) अथितिहरुमा पार्टी केन्द्रीय सदस्य विपिन, बाँके पार्टी सचिव, सल्यान जिल्ला पार्टी सचिव रहनु भएको थियो । भेलाले १५ व्यूरो कमिटी गठन गरेको भने व्यूरो संयोजकमा तेज वहादुर थापा निर्वाचित हुनु भएको छ र सचिव दिपक अधिकारी हुनुभएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित