चेन्नै । अखिल भारत नेपाली एकता समाज चेन्नईको आयोजनामा १३६ औं अन्तर्राष्ट्रिय मजदूर दिवसको कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता चेन्नई उत्तर नगर समितिका सदस्य तिलकराम गोराथोकीले गर्नु भयो। अतिथिको आशन ग्रहणपछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलार्इ शब्दबाट चेन्नई दक्षिण नगरका सदस्य प्रेम आचार्यले र संगीतबाट रक्तिमका कलाकारहरुले स्वागत गर्नु भएको थियो । १३६ औ मज़दूर दिवसको औचित्यताबारे अखिल भारत नेपाली एकता समाजका महासचिव महेन्द्र बस्यालले प्रष्ट पार्नु भएको थियो। कार्यक्रममा मई दिवसको शुभकामना दिनेहरूमा दक्षिण भारत क्षेत्रीय समितिका केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष हेमराज रिजाल, केन्द्रीय सदस्य अर्जुन केसी,माया रोका, देवी रिजाल, सिता घिमीरे, हरि जीसी, क्षेत्रीय सदस्य भीम थापा, प्रेम सागर सुवेदी, लक्ष्मी प्रसाद शर्मा, नगर सदस्य कुमारी रायमाजी सिता थापा, लक्ष्मी परियार, हिरा शर्मा, मैना अधिकारी र प्रेम गोतामे, भीम परियार, जीवन थापा र देव बहादुर बुढ़ा रहनु भएको थियो। भने कार्यक्रमको संचालन चेन्नई पश्चिम नगर समितिका अध्यक्ष राजु अधिकारीले गर्नु भएको थियो।