पान्डिचेरी १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको कार्यक्रम भब्य रुपमा सम्पन्न

पान्डिचेरी । पान्डिचेरी १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । प्रेम सुवेदीको संचालन नगर अध्यक्ष सुर्य थापाको अध्यक्षतामा अगाडि बढेको कार्यक्रममा वीर सहिदहरुप्रति एक मिनेट मौनधारण पछि उपस्थिति जनमानसलाई नगर सदस्य हरिकला थापाले शब्द र रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले “उठ किसान मजदुर हो यो रातो झन्डा बोकेर देशले रगत मागे छ उठौलौ बन्दुक बोकेर” भन्ने बोलको गीत बाट स्वागत गर्नु भएको थियोे भने कार्यक्रममा बोल्ने वक्ताहरुमा क्रमशः नगर कोषाध्यक्ष आर जनक राम शर्मा ,दुर्गा बहादुर छन्त्याल , बसन्त गिरी , लालकुमार चौधरी , किरान क्षेत्री , सन्तोष चौधरी , अमृत थापा , अन्जन थापा, कार्यक्रमको अन्तमा अध्यक्ष सुर्य थापाले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संचालन गरेको ४५ दिने जनसम्नध विस्तार अभियानको समापन कार्यक्रम प्रति पनि समर्थन जनाउँदै कार्यक्रममा उपस्थिति सबैलाई सम्मान साथ धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियोे । कार्यक्रमको अन्तमा कलाकारहरुबाट कालो निशा चिरेर पूर्व रातो घाम हुनेछ रक्ताम्मै जाग ब्यूँझ हे भोका नाङ्गा अस्त्र – सस्त्र बोकेर लौ जम्मै

युगले हातपाउ नबाँध भन्छ लौ अब हिंड्नु छ मुक्तिको राज्य मागेर हुन्न लडेर ल्याउनु छ शहीदको रगत सिंचेर यहाँ बन्नेछ इतिहास बगाई हाम्रो पसिना त्यहाँ बन्नेछ सुन्दर समाज समानताको चर्केर युद्ध दुष्टको राज्य हुनेछ सखापै
जाग ब्यूँझ ….

विशाल आज बन्दैछौं हामी फेर्नलाई दुनियाँ झुपडीका आवाज एक स्वर बनी झन् ठूलो गर्जना आशाको दीप यो मनभित्र झन तेज बन्दैछ नछोड बाटो सत्यको जीत हुनेछ अवश्य रक्तक्रान्ति चुलीमा पुगी तानाशाहीको ढल्नेछ संसार जाग ब्यूँझ हे ,कालो निशा…..

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित