– शालिकराम भण्डारी
मई १ मजदुर वर्गको महत्वपूर्ण दिन हो । १८८६ अर्थात १३९ वर्ष पहिले अमेरिकाको सिकागोमा मजदुरहरूले आफ्नो हक अधिकार ,सर सुविधा , वेतन वृद्धि लगायतका मागहरू राख्दै भव्य प्रदर्शन गरेका थिए ।विशाल पुँजीपति वर्गको रक्षक सेवक सरकारले उनीहरू कै सिफारिसमा एकाएक मजदुरमाथि वमवारी र गोलीवर्षा ग¥यो । तुरुन्तै ७ जना मजदुरहरूको हत्या भयो । घाईते र लाठी बुट खानेहरूको संख्या गनिनसक्नु भयो । सरकारको नर हत्या , मनपरी तानाशाही नीतिको देशभर तीव्र निन्दा गरियो । दुःख व्यक्त र सहानुभूति प्रकट गरियो । यसरी नै नर भक्षी घटनाको देशमा मात्र होइन ,विश्वका कुना काप्चामा रहेका मजदुर वर्गले आफूमाथि परेको बज्रपात सम्झेका छन् । सर्वहारावर्गले मईदिवसलाई क्रान्तिको लागि प्रेरणा ठान्दछन् । मजदुर दिवसलाई मध्यम तथा निम्न मध्यम वर्गीय सरकारले पनि मान्यता दिएका छन् । नेपाल सरकारले पनि मान्यता दिएको छ । अहिले संसारका मजदुरहरूको समस्या भनेको गाँस, बास, कपास, रोजगारी, शिक्षा, स्वास्थ्य नै हो । गराई खाने पुँजीपति वर्गले यसलाई अवरोध गरिरहेको छ । गरिखाने मजदुर वर्गलाई जतिकम दिन सक्यो उपल्लो वर्गलाई उति बढी फाईदा हुने त हो नि ।जति शोषण गर्न सक्यो त्यति फाइदा । त्यसको निम्ति पुँजीपति वर्गले सरकारलाई प्रयोग गर्दछ । त्यसले दमन गर्न तिर
लाग्छ । सिकागोको घटना पनि यसैको नमूना हो । यो सरकार परिवर्तन गर्ने घटना थिएन । यो त शुद्ध जीवनको आधारभूत समस्या समाधान गर्ने घटना थियो ।
यस मजदुर दिवस भन्दा ३ वर्ष पहिले संसारका मजदुर वर्गको मुक्तिदाता , सर्वहारा वर्गका महान अगुवा गुरु कार्ल माक्र्सको निधन भैसकेको थियो । जसले तिनै वर्गको हातमा सत्ता प्राप्त नहुँदा सम्म पीडा दर्दका समस्या समाधान हुन सक्दैन भन्दै जीवन समर्पण गरेका थिए । अब उनी भौतिक संसारमा रहेनन् । तर उनले खनेको जग यति बलियो रहेछ कुनै ठूलो भूकम्पले हल्लाउन सक्दैन । समुद्रको ठूलो भूकम्पले हल्लाउन सक्दैन । समुद्रको ठूलो बाढीले बगाउन सक्दैन । बरू यसैले यो संसार हल्लाई रहेको छ । पृथ्वीमा मानिस हुँदा सम्म यसको अस्तित्व समाप्त हुँदैन । पुरानो समाजलाई भत्काई नयाँमा रुपान्तरण गर्ने अभियान रोकिदैन । जारी रहनेछ । त्यसैले सिकागोमा घटेको घटना प्रति काउलो पारेर ,रोए जस्तो बहाना गरेर ,वर्ष वर्षमा भेला भएर शोक मनाउनुको कुनै अर्थ हुँदैन ।
।त्यसैको निमित्त लडेको थियो ज्यान गुमाएको थियो र आफु बच्चैमा मरे पनि भविष्यका मजदुर शोषित पीडित वर्गका पाठ पढाएर गयो । यस दिवसलाई कम मूल्याङ्कन गर्न हुँदैन । त्यसो गर्नुको मतलव प्रतिगमन तिर गए बराबर हुनेछ । अग्रगमनको नारा बहाना मात्र हुनेछ ।फल हात लाग्नेछैन । नक्कली जामा लगाउँदा विश्वका मजदुर एक हौं भन्ने भनाई व्यर्थ हुनेछ ।अमेरिका बेलायती उपनिवेशबाट मुक्त भएको एक शताब्दी भैसकेको थियो ।पुँजीवादी उत्पादन पद्दति तीव्र विकासमा थियो । आर्थिक अन्तरविरोध बढ्दो थियो । पुँजीपति वर्ग र मजदुर वर्गको बीच संघर्ष चर्किँदै थियो । के कसैले भन्न सक्दछ ,त्यहा धनी , गरिबी र असमानता छैन ? यो भाषा त एल एन मस्क, विल गेट्स लगायतका केही दर्जनहरुको ययथार्थता त्यस्तो छैन । त्यसैले त १ मईको घटना भएको हो। अमेरिका सबभन्दा आर्थिक सुसम्पन्न देश हो । जहाँ जताततै प्रजातान्त्रिक वातावरण छ । वेरोजगारी छैन । तर संसारका खोजहरुले अध्ययन गरे अनुसार त्यहाँजति बेरोजगारी मगन्तेहरुको दुःख कष्ट पाउनेहरुको संख्या अन्यत्र कतै छैन । त्यसैले त शिकागो घटना भएको होला । त्यो त अंकुर मात्र थियो बढ्दै बढ्दै संसार ढाकेको छ । भारतका अडानी ,अवामी केही दर्जनहरुको जसको हातमा सम्पूर्ण सम्पत्ति छ । एकातिर सम्पत्तिको थुप्रो अर्कोतिर गरिबीको थुप्रो । सम्पत्तिको थुप्रोले राजनीतिलाई कबजामा रोखेको छ । जसले जे चाह्यो त्यही हुन्छ । भारतमा शिकागोको जस्तो घटना प्रत्येक महिना वर्ष दोहोरिन्छन् ।नेपालमा मजदुर दिवस मनाउनुको के महत्व छ ? यहाँ पनि थुप्रै पूर्वाधारहरु छन् । मजदुरहरुको निमित्त लड्ने पार्टी छन् । पुँजीवादमा भर्खर प्रवेश गरेको देश छ । त्यो पुँजीवाद राष्ट्रिय पूँजीमा आधारित छैन । दलालपूजिपति वर्ग र नोकरशाहीको भरमा छ । दलालमध्ये विनोद चौधरी लगायत केही नोकरशाही मध्ये भूपू राजा ज्ञानेन्द,्र पशुपति शमशेर लगायतका छन् । यीनैको हातमा देशको अर्थतन्त्र कब्जामा छ ।अहिले एउटा पूँजी हातमा भएको सत्ताधारी पक्षका केही मान्छे जन्मेका छन् । तिनीहरुको प्रवृति त्यसैदिशातिर बढ्दैछ । अब पूँजी कसको हातमा छ ? पूँजीपति वर्ग कसरी छुट्याउने भन्ने केही विश्लेषण गरी सकेपछि यसको विपरीत ध्रुवमा रहने वर्ग मजदुर वर्ग त्यति प्रष्ट नभए पनि पहिलेदेखि मौजुद छ । प्रष्ट नहुनाको कारण उद्योग ,कलकारखाना स्थापित गर्न राज्यको ध्यान पटक्कै गएकोछैन । यहाँको मजदुर वर्ग पनि दलाल पुँजिपति र नोकरशाही पुँजीपतिबाट शोषित पीडित र दमनमा परेको छ । सानातिना शिकागोका घटनाजस्ता भइरहेका छन् ।त्यसैले नेपालमा मई दिवशको महत्व असाध्यै छ । अन्तमा यस कारणले गर्दा यो दिवसको महत्व अन्तर्राष्ट्रिय भएको हो । दुइ वर्गबीचको यो लडाइँ सर्वत्र छ ।यो त प्रवृतिको लडाइँ हो सर्वहारा प्रवृति कि पूँजीवादी प्रवृति संसार यसैमा विभाजित छ । समस्त बौद्धिक जगत यही वरिपरी घुमिरहेको छ । माक्र्स स्वयम् हुनेखाने वरिष्ठ वकिलका छोरा थिए । एङगेल्स उद्योगपतिका छोरा थिए । बाबुहरुको बिँडो धानेन् । बरु भन्न थाले सर्वहारा वर्गले सत्ता प्राप्त गर्नु पर्दछ । पुँजीपतिको हातबाट यसलाई खोस्नु पर्छ । यीनलाई पनि सर्वहारा वर्गमा झार्नु पर्दछ । त्यसैले उक्त उद्देश्यबाट प्रेरित भै सघर्षमा उत्रेको शिकागोका मजदुरलाई लालसलाम गर्दै टुङगाउने अनुमति माग्दछु ।
२०८२ बैशाख १८