गैंडाकोटमा १३६औं मजदुर दिवस सम्पन्न

नवलपुर । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुर जिल्ला अन्तरगत गैंडाकोट नगर समितिले १३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवस भब्यताका साथ सम्पन्न गरेको छ ।पार्टीका नगर सचिव गङ्गाधर आचार्य ( पुष्प ) को अध्यक्षता र शहिदहरुको सम्मानमा १ मिनेट मौन धारण गरिएको सो कार्यक्रममा केन्द्रीय वैकल्पिक सदस्य ज्योतिनारायण सुवेदी( विशाल )र लेखनाथ पौडेल ( जोशी ) साथै जिल्ला सदस्य सोमनाथ पौडेल (परिवर्तन )ले १मईको महत्व तथा मजदुरहरुको अहिलेको अवस्था बारे प्रकाश पार्दै शोषित पीडित मजदुर किसानको गुमेको अधिकार प्राप्तिकालागि थप आन्दोलनको आँधीबेहरी ल्याउनु पर्ने कुरामा जोड दिनुभएको थियो । केन्द्रीय सदस्य धनपती ज्ञवाली(दिपक )ले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा जिल्ला सदस्य शान्ति आचार्य ( अनिता ) ले स्वागत मन्तव्य राख्नु भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित