हैदरावाद । अखिल भारत नेपाली एकता समाज मध्यदक्षिण क्षेत्रीय समितिको आयोजनामा १३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको कार्यक्रम सम्पन भएको छ। कार्यक्रमको अध्यक्षता मध्यदक्षिण क्षेत्रीय समितिका अध्यक्ष कृष्ण पौडेलले गर्नु भएको थियो । अतिथिको आसन ग्रहण पछि सहिदहरुको सम्झनामा एक मिनेट उठेर मौनधारण गरिएको थियो। कार्यक्रममा उपस्थित जनसमुदायलाई शब्द द्वारा उत्तर नगर समितिका कोषाध्यक्ष विष्णु बहादुर मगर ले स्वागत गर्नु भएको थियो।
१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको औचित्य आवश्यकता र नेपालको तत्कालीन राजनीतिक परिस्थिति बारे कार्यक्रमका प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष आनन्द थापाले प्रष्ट पार्नु भएको थियो। कार्यक्रममा मई दिवसको अवसरमा शुभकामना दिनेहरुमा अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका सदस्य मनोहर पौडेल, महिला विभागको केन्द्रीय समितिको सचिव कोपिला धिमाल र महिला विभाग क्षेत्रीय अध्यक्ष दिलमाया थापा रहनु भएको थियो। कार्यक्रमको संचालन अखिल भारत नेपाली एकता समाज मध्यदक्षिण क्षेत्रीय समितिका सदस्य लोकेश सिंजालीले गर्नु भएको थियो। अन्तमा कार्यक्रमका अध्यक्ष द्वारा कार्यक्रम भव्य रुपमा सफल भएको घोषणा गरी कार्यक्रम समापन गर्नु भएको थियो।