काठमाडौ । कार्ल मार्क्स एक प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री एवं क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो । उहाँ र उहाँको घनिष्ठ मित्र फ्रेडरिक एङ्गेल्सको विचार र सिद्धान्तलाई मार्क्सवाद भनिन्छ । कार्ल मार्क्सको जन्म सन् १८१८ मई ५ का दिन जर्मनको ट्रियर नगरमा भएको थियो । उहाँको जन्म भएको २०७ वर्ष पूरा भएर २०८ वर्षमा प्रवेश गर्यो । तसर्थ संसारभरिका मार्क्सवादका अनुयायी तथा मुक्तिकामी जनताहरूले २०८ औं मार्क्स दिवस मनाउँदै छन् ।
कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा लेखिएको सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणा पत्र संसारमा सबै भन्दा बढी बिक्री भएको पुस्तक मध्येमा पर्दछ । यसको प्रथम अध्यायको पहिलो पंक्तिमा लेखिएकोछ ूअहिले सम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास होू । मार्क्सले ूपुरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवाद पनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ । जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ त्यसरी नैं समाजवादले पनि पूँजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ अनि राज्यविहीन, वर्गहीन शुद्ध साम्यवादी समाजको निर्माण हुनेछ भन्ने तर्क दिनु भएको छ ।
। १४ मार्च १८८३ मा ६४ वर्षको उमेरमा लन्डनमा मार्क्सको मृत्यु भएको थियो ।मार्क्सको पिता हेन्(रिक् मार्क्स एक सफल वकील हुनुहुन्थ्यो । कार्ल मार्क्सले प्रसियाका ब्यापारीकी छोरी जेनी वोन् वेस्ट् फआलेन सँग सन् १८४३ ,१९ जून मा बिहे गर्नु भएकोथियो । मार्क्स र जेनिका सात जना सन्तानहरू भए तर गरीबीको कारणले तीन जना मात्र जीवित रहे ।
मार्क्सले सन् १८३५ मा ट्रायर् जिम्नाजियम स्कूलबाट स्नातक गरेपछि १७ वर्षको उमेरमा बून विश्वविद्यालयमा भर्ना हुनु भएकोथियो । सन् १८४२ मा ब्रुनो बुयरसँग मिलेर ‘रेन्चे जाइतुङ’ नामक पत्रिका प्रकाशित गर्नु भएकोथियो । पत्रिकामा किसानमाथि गरिएको विभेदविरुद्ध लेखिएपछि सरकारले प्रतिबन्ध लगायो र उहाँलाई देश निकाला गर्यो ।
मार्क्सका दुई निबन्ध पहिलो ‘कन्ट्रिब्युसन टु दी क्रिटिक अफ हेगल्स फिलोसोफी अफ ल’ र ‘अन दी जिउइस क्वेस्चन’युवाकालका महत्वपूर्ण लेख हुन् । सन् १८४४ मा मार्क्स र एंगेल्सले १० दिन सँगै बसेर ब्रुनो बुयरको ‘सेपरेसन अफ फिलोसोफिकल क्रिटिक’को विपक्षमा ‘दी होली फ्यामेली’ लेख्नु भयो । त्यहीँदेखि दुईजनाबीच जीवनपर्यन्त सहकार्य सुरु भयो ।पर्सियन सरकार (हालको जर्मन) सरकारले दबाब दिएपछि मार्क्सलाई पेरिस बस्न पनि प्रतिबन्ध लाग्यो र ब्रसेल्समा पुग्नु भयो। त्यही वर्ष एंगेल्सको ‘कन्डिसन्स अफ दी वर्किङ क्लास इन इंग्लैन्ड’ छापियो जुन बृहत् अध्ययन तथा वस्तुगत अनुसन्धानका आधारमा आधारित थियो । त्यसपछि एंगेल्ससँगै मार्क्स इंग्लैन्ड पुग्नु भयो र राजनीतिक अर्थशास्त्र, अङ्ग्रेजी समाजवाद पढ्न थाल्नु भयो ।
दुईजना मिलेर १८४५ मै जर्मन आइडोलोजी नामक पुस्तक लेख्नु भयो । १८४८ मा प्रुधोँको आलोचना गर्दै लेखिएको पुस्तक ‘दी पोभर्टी अफ फिलोसोफी’ प्रकशित भयो । ब्रसेल्समा बस्दा मार्क्स सङ्गठन निर्माणको काममा पनि संलग्न हुनु भयो ।मार्क्सले ४० वर्ष लगाएर लेखेको पुँजी आज पनि संसार प्रशिद्ध छ । मार्क्सको दर्शन शास्त्रमा ऐतिहासिक भौतिकवाद ,राजनीतिक अर्थशास्त्रमा अतिरिक्त मूल्यको सिद्धान्त उहाँका मौलिक योगदान हुन् । मार्क्सले समाजवादका लागि वर्ग संघर्ष र सर्वहारा अधिनायकत्वको आवश्यकतामा जोड दिनु भयो । मार्क्सवादलाई पूरै शत्रु ठान्ने प्रतिक्रियावादी बिचारधारा ,मार्क्सवादलाई सृजनात्मक विकास गर्ने नाममा मार्क्सवादको मूल आत्मलाई समाप्त पार्ने संशोधनवादी विचार र मार्क्सवादको नाममा जनतालाई साथ नलिई हिड्ने अतिवादी विचार सबै गलत विचार सँग मुकाविला गरेर मात्र मार्क्सवादको रक्षा र विकास गर्न सकिन्छ ।