माघ २६, काठमाडौं । टर्की र सिरियामा २०७९ माघ २३ गते गएको शक्तिशाली भुकम्पको क्षतिको विवरण आइरहेकोछ । जसमा दुवै देशमा ठूलो संख्यामा मानवीय र भौतिक क्षति भएको थियो भने हालसम्म मृत्यु हुनेको संख्या १६ हजार भन्दा माथि गइसकेको अधिकारीहरुले बताएका छन् । त्यहाँको भौगोलिक अवस्थिति नै बदलिएको भुगर्भविदहरुले बताएका छन् । भुगर्वविदका अनुसार गत सोमबार गएको भूकम्पले टर्की अवस्थित टेक्टोनिक प्लेटलाई १० फिट पर सारिदिएको र टर्कीको भौगोलिक अवस्थिति नै साढे ३ मिटर सरेको छ । टर्की भूकम्पीय दृष्टिकोणले उच्च जोखिममा रहेको छ ।
भूकम्प गइसकेपछि प्रभावितहरु खुला आकाशमा पानी इन्धन र बत्तिविहिन भएर बस्न विवश भएका छन् । विश्व स्वास्थ्य संगठनले प्रभावितहरु झनै प्रभावित बन्न सक्ने भन्दै चिन्ता प्रकट गरेको छ । यही कारणले गर्दा हुन सक्ने दोस्रो किसिमको प्रकोप अझ भयावह हुन सक्ने भन्दै चिन्ता प्रकट गरेको छ ।

