– करण दयाल
कला साहित्य संस्कृति भनेको के हो
कला साहित्य सितको सम्बन्ध के हो
कला साहित्य संस्कृतिको भुमिका के हो
यी तीन वटा शब्दहरूको मिश्रण के हो ?
कला
कलाकार चित्रकार सीप भको सिपालु हो
सिपकलाको पोख्ता चित्रण कलाकार हो
सीप बाट प्रख्यात चित्रकार, कलाकौशलबाट
प्रख्यात कलाको संरचना भएको सिपालु हो।
कला कुनै पनि चिजलाई बनाउने कारिगर हो।
चित्रकार डिजाइन नाच्न गाउनु जान्ने कला हो
यी मात्रै नभएर कयौं ठूला कार्यहरूका सिपालु
कलाकर्मीहरु पर्छन् त्यही कलाको संरचना हो।
साहित्य
साहित्यको जन्म कलाबाट भएको हुन्छ
पदार्थ बिना चेतनाको काम अधुरो हुन्छ
पदार्थले चेतनाको ज्ञान जन्माउने गरेको
छ कलाको चित्रण चेतनाले गरेको हुन्छ।
साहित्य भनेको पहिलो नभई दोस्रो हुन्छ
साहित्य कलाको भण्डारबाट जन्मेको हुन्छ
कला नभई साहित्यको कुनै अर्थ लाग्दैनन्
कला छ भने साहित्य आफै उभिएको हुन्छ ।
कला बिनाको साहित्य प्रगाढ हुदै हुदैनन्
साहित्य बिनाको कलामा तुक कतै हुदैनन्
कला हुनु जरुरी हो कलाको माध्यमबाट
साहित्य कसिलो हुन्छ खोकुलो हुदैनन् ।
संस्कृति
संस्कृतिले संस्कार प्रति ध्यानाकर्षण हुन्छ
कला साहित्यलाई संस्कारले बाधेको हुन्छ
कला साहित्यको प्रमुख भूमिकामा रहेर
कला साहित्यलाई कसिलो बनाएको हुन्छ।
संस्कृतिको भूमिका नियमसित लागू हुन्छ
विचार सिद्धान्तको प्रतिनिधि गरेको हुन्छ
संस्कृत संस्कार परिधिभित्रको विधान नै हो
त्यो संस्कारको सिद्धान्त पारित भको हुन्छ ।
संस्कृतिक संरचनाको अनुशासनमा बस्ने हो
पारित नियम संस्कारको पालना गर्ने हो
अधिवेशनले पारित गरेको विधानमा उल्लेख
गरिएका बुदा स्विकार्नु गर्नु नै त्यो संस्कृत हो।
कला साहित्य संस्कृत सटिक उल्लेख गरेको छु
विश्लेषण लामो हुने भएकाले सानो बनाको छु
कला साहित्य संस्कृति भित्रका अनुशासन प्रति
विश्लेषणात्मक विचारबाट प्रस्तुत गरेको छु।