किसन बहादुर वि.क.
विश्व कम्युनिस्ट आन्दोलनका महान गुरु तथा एक प्रसिद्ध दार्शनिक राजनीतिक अर्थशास्त्री इतिहासकार राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो कार्ल मार्क्स उनको जन्म ५ मे १८१८ को दिन ट्रियर सहरको एक वकिल परिवारमा जन्मनु भएको थियो । कार्ल मार्क्सका पिता हेनरिक मार्क्स फ्रान्सेली विचारक द्वारा प्रभावित व्यक्तित्व हुनुहुन्थ्यो । कार्ल मार्क्स की आमाको नाम हेनरी येट्रर हो ।
उनको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म) को जन्म भएको हो । कार्ल मार्क्स र फ्रेडरिक एंगेल्स ले सन् १८४८ मा प्रकाशित यी ४ कारण, जसले कार्ल मार्क्स आज पनि जीवित छन्
जर्मन दार्शनिक कार्ल मार्क्स जन्मिएको २ सय ८ वर्ष पुगेको छ । उनी जन्मिएको करिब १ सय वर्षपछि सन् १९१७ मा रुसी समाजवादी क्रान्ति सम्पन्न भयो । उनले दिएको विश्व दृष्टिकोणबाट नै संसारभर ठूलाठूला परिवर्तनकारी संघर्षहरू भए, कतिमा सर्वहारा वर्गको जीत भयो, कतिपयमा हारको सामना गर्नु पर्यो।रुसी समाजवादी क्रान्ति सम्पन्न भएपछि पूर्वी युरोपका धेरै देशहरूमा समाजवादी क्रान्तिको लहर नै चल्यो । जर्मनी (पूर्वी र पश्चिमी) विभाजित बन्यो । कोरिया आज पनि विभाजित अवस्थामा नै छ । आज विश्वमा केवल ४ वटा देशमा कम्युनिस्ट शासन व्यवस्था छ ।
विश्वका दर्जनभन्दा बढी देशमा कम्युनिस्ट पार्टी सत्ताको लुछा चुडीमा मस्त छन् । तिनै कार्ल मार्क्सको विचारले संसारभर क्रान्तिको आँधी नै ल्यायो । तर, जसको विचारले क्रान्ति भयो, आज त्यही विचार कतिको प्रासङगिक छ भनेर चर्चा हुन्छ ।
१९ औँ शताब्दीमा जर्मन दार्शनिक कार्ल मार्क्सले धेरै लेखे । सर्वहारा वर्गीय विश्व दृष्टिकोणको निर्माणमा उनले एंगेल्स सँग मिलेर लेखेका २ कृति ‘कम्युनिस्ट घोषणापत्र’ र दास क्यापिटल’को महत्त्वपूर्ण भूमिका छ । यी कृतिले एक समय संसारका केही देश र करोडौँ जनतामा राजनीतिक र आर्थिक रूपमा निर्णायक असर पारे । रुसी क्रान्तिपछि सोभियत संघको उदय त्यसबेलाको एउटा उदाहरण थियो ।
रुसको अक्टोबर क्रान्तिपछि सन् १९१८ मा जर्मनी र फिनल्याण्डमा पुँजीवादी क्रान्ति सम्पन्न भयो । यसको प्रभावले अल्बानिया, हेंगेरी चेकोस्लभाकिया पोल्याण्ड, युगोस्लाभिया मा क्रान्ति भयो । अष्ट्रिया, हँगेरी पोल्याण्ड, जर्मनी, लात्भिया, लिथुएनियन, इस्टोनिया, अर्जेन्टिना जस्ता देशमा सशक्त कम्युनिस्ट पार्टीहरू निर्माण भए । यी बाहेक दर्जनौँ देशका करोडौँ जनता कम्युनिस्ट पार्टीमा गोलबन्द भए त्यसको असर चीन भारत नेपालमा पनि पार्यो नेपालको कम्युनिस्ट आन्दोलन वर्तमान सम्म चलिरहेको छ। नेकपाको इतिहास मिहिनेत ढङ्गले विश्लेषण गर्दा ठोस राजनीतिक कार्यदिशा विन्यास गरेर आन्दोलनको प्रक्रियालाई अघि बढाउने काम भएको देखिँदैन । यो स्थापना कालदेखि नै कार्यदिशा गत विवादमा फस्दै आएको छ । अर्थात् कम्युनिस्ट आन्दोलन अघि बढाउनका लागि कार्यदिशा र कार्यक्रम निर्माण गर्ने बिन्दु वरिपरि नै यो अल्मलिदै आएको छ । उनीहरूबीच तत्कालीन वस्तुगत तथा आत्मगत अवस्था, भूराजनीति र विश्व परिस्थिति भन्दा पनि व्यक्तिगत र समूहगत इगो र पूर्वाग्रहको कारण कम्युनिस्ट आन्दोलनले माग सापेक्ष गति लिन सकेन । यही भागभूमिमा उनीहरू कोही सोभियत सङ्घ पक्षधर र कोही चीन पक्षधरको विल्ला झुन्ड्याएर कम्युनिस्ट आन्दोलनलाई भाँचभुँच र अपव्याख्या गर्न थाले । कोही दरबार परस्त भए भने कोही भारत परस्त भए । यता कसैले तत्कालीन कार्यनीति संविधान सभा भने भने कसैले संसदीय चुनावलाई उपयोग गर्नु पर्छ भन्ने मत जाहेर गरे । कुनै समूहले सिधै जनवादी क्रान्तिमा जानुपर्ने कार्यदिशा अघि सारे । समग्रमा नेकपा अनिर्णयको अन्योलताको दुष्चक्रमा फस्नु पुग्यो, जसले वास्तविक कम्युनिस्ट आन्दोलनलाई दशकौँ पछि धकेल्यो त्यस कारण आज सच्चा कम्युनिस्ट कार्यकर्ता तथा शुभचिन्तकहरूकोबीच सहमति भई २०८१ साल बैशाख १८ गते पार्टी एकता गरेर क्रान्तिकारी कम्युनिस्ट नेपालको नामाकरण भएको थियो त्यसको महाधिवेशन २०८१ साल मंसिर १३ गते देखि मंसीर २३ गते सम्म काठमाडौँ किर्तिपुरमा सम्पन्न भएको थियो । तत्कालीन जनसम्बन्ध विस्तार कार्यक्रम २०८१ साल चैत्र ४ देखि सञ्चालन गरेको जनसम्बन्ध विस्तार कार्यक्रम २०८२ साल बैशाख १८ गते १३६ श्रमिक दिवस तथा जनसम्बन्ध विस्तार कार्यक्रमको समापन भएको छ ।
कार्ल माक्र्स

Comments