लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालद्वारा १० जना नाट्यकर्मी सम्मानित

बुटवल । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालले रक्तिम सांस्कृतिक अभियानका सल्लाहकार नारायण योगी सहित १० जना नाट्यकर्मीहरुलाई सम्मान गरेको छ । सोही अवसरमा प्रतिष्ठानको गठन भएको छ । नाट्य अनुसन्धान, नाट्याभिनय र नाट्य लेखनमा योगदान दिनुहुने विशिष्ट व्यक्तिहरुमा प्रा.डा. रामचन्द्र पोखरेल, शान्तराम गिरी, दिल साहनी, झपेन्द्र जिसी, डिल्लीनारायण पाण्डे, पुस्कर रेग्मी अथक, हेमराज भुसाल, कमल गाउँले, नारायण योगी, भावना खनाललाई सम्मान गरिएको थियो ।
साथै पहिलो बैठकमानै समितिले लुम्बिनी प्रदेशको नाट्य साहित्यलाई समष्टि रुपमा अध्ययन अनुसन्धान र प्रकाशन गर्ने योजना बनाएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सम्मानितहरुलाई पुरस्कार प्रदान गरेका थिए । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा बुटवलको होटल न्यू–इरामा भएको भेलाले नेपाल नाट्य प्रतिष्ठान लुम्बिनी प्रदेश गठन गरेको छ ।
भेलाले डा. नारायणप्रसाद पन्तको अध्यक्षतामा नेपाल नाट्य प्रतिष्ठान लुम्बिनी प्रदेश गठन गरेको हो । प्रदेशको उपाध्यक्षमा डा. प्रेमप्रसाद तिवारी निर्वाचित हुनु भएको छ । त्यसै गरी सचिवमा भावना खनाल निर्वाचित हुनु भएको छ भने कोषाध्यक्षमा डिल्लीनारायण पाण्डे र सहसचिवमा राजु भुसाल निर्वाचित हुनु भएको छ । सदस्यहरुमा डा. अजित खनाल, तिलक लामिछाने, नारायण वियोगी, कमल गाउँले, हेमराज भुसाल, गणेश भण्डारी ईश्वरीप्रसाद पोखरेल, आचार्य दयानिधि गौतम, शशि पन्थी, राजेन्द्र कुँवर, गणेश भण्डारी निर्वाचित गरिएको छ ।
नव निर्वाचित समितिलाई प्रा.डा. रामचन्द्र पोखरेलले शपथ गराउनु भएको थियो । कार्य समितिको पहिलो बैठकले प्रा.डा. रामचन्द्र तिवारीलाई संरक्षक र शिक्षाविद लोकनाथ उपाध्याय र ऋषि आजादलाई सल्लाहकारमा चयन गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित