जारी छ दघुवित्त पीडितहरुको प्रदर्शन

 

काठमाडौं । लघुवित्त पीडितहरुले काठमाण्डौमा प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट आएका पीडितहरुले काठमाडौंको माइतीघरमा सरकारविरुद्ध विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका हुन्। लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने,आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान,आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था, कालोसूची तथा धितो लिलाम फुकुवा,भूमिहीन तथा वित्तीय शोषणका पीडितहरूलाई मुआब्जाको व्यवस्था हुनु पर्ने माग राखेर उनीहरुले प्रशर्दन गरेका हुन्। सरकारबाट समस्या समाधान हुने पटक पटक आश्वासन पाएपनि मिटरव्याज तथा लघुवित्त पीडितहरुले न्याय पाउन सकेका छैनन् । चर्को घामको कुनै प्रवाह नगरी उनीहरु प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनमा अधिकांश महिला पीडितहरुको उपस्थिति रहेको छ । देशमा मिटरव्याज पीडित ,लघुवित्त पीडित सहकारी पीडितहरुको समस्या समाधान हुन सकेको छैन । पीडितहरु लामो समयदेखि संघर्षरत भएपनि उनीहरुको समस्या समाधान गर्न राज्य असफल भएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित