माघ २७, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुर निलम्वित भएका छन् । एक विदेशी वायुसेवा कम्पनीसँग घुस मागेको आरोपमा उनी निलम्वनमा परेका हुन् । थाई स्माईल एयरलायन्सका प्रतिनिधिसँग घुस मागेको आरोपमा उनी निलम्वनमा परेका हुन् । एयरलायन्सका प्रतिनिभिसंग घुस मागेको अडियो प्राप्त भइपछि छानविनका लागि महाप्रवन्धकलाई निलम्वन गरेको संस्कृति पर्यटक तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ । सत्यतथ्य जाँचबुझको लागि मन्त्रीस्तरीय निर्णयबाट ठाकुरलाई निलम्वन गरिएको हो । ठाकुर २०७६ फागुन ६ गते विमानस्थलको महाप्रवन्धक नियुक्त भएका थिए ।
Comments