काठमाडौं । पाल्पा जिल्ला, भुवनपोखरी, अमिले निवासी युवा स्रष्टा विशाल दर्लामीले गायन क्षेत्रमा प्रवेश गरेका छन् ।
“ऊ नदीको वेगसँँगै लड्दै पौडिरहने” बोलको गीतको अडियो रेकर्डमा स्वर दिएसँगै उनी गायन क्षेत्रमा प्रवेश गरेका हुन् ।
गीतको शब्द सृजना गायक दर्लामी स्वयमले गरेका हुन् । गीत यसप्रकार छ –
“ ऊ नदीको वेगसँँगै लड्दै पौडिरहने
खोचहरुमा ठोकिदै , छालहरुमा तैरिदै
पहाड फोडेर निस्किएको चम्किलो तारा हो ।
ऊ नदीको वेग सँगै……..
उसको जीवन शान्ति बोल्छ
उसको जीवन क्रान्ति बोल्छ
मुटुभरि अदम्य साहस
ज्वारभाटा सँग सधै जुध्छ ।
ऊ नदीको वेग सँगै……..
बन्धनहरुले गल्दैन ऊ
संकटहरुमा ढल्दैन ऊ
फूल बनी सुवास छर्छ
चन्द्रमा जस्तै उज्यालो दिन्छ ।
ऊ नदीको वेगसँँगै लड्दै पौडिरहने
खोचहरुमा ठोकिदै , छालहरुमा तैरिदै
पहाड फोडेर निस्किएको चम्किलो तारा हो । ”
दर्लामीले अडियो रेकर्ड २०८२ वैशाख १९ गते साँझ सार्वजनिक गरेका थिए ।
गीतमा सङ्गीत संयोजन हेमराज आश्रमले गरेका हुन् । प्रगतिशील साहित्यिक तथा साँस्कृतिक आन्दोलनमा दर्लामीले नयाँ इट्टा थपेका छन् ।
दर्लामीले समाज रुपान्तरणमा हरेक क्षेत्रबाट लाग्ने अभियानकर्मी तथा
योद्धाहरुमा यो गीतलाई समर्पित गरेका छन् । गीतबारे दर्लामीले आफ्नो फेसबुक वालमा स्पष्ट गरेका छन् – “यो मेरो
आफ्नै जीवनयात्राको कथा पनि हो र म जस्ता अरु सबै
सबैको कथा हो। ” उनले अगाडि भनेका छन्, “अहिलेलाइ यो गीत सुन्नका लागि मात्र छ,आबश्यकतानुसार पछि यसलाई भिडियोको रुपमा पनि ल्याउनेनै छु।सानै देखि नै मेरो गीत,संगीत र साहित्य प्रतिको अभिरुचि थियो र गीत रेकर्ड गर्ने इच्छा पनि रहेको थियो,प्रगतिशील गीत,संगीतमा समेत थोरै भए पनि योगदान होस् भनेर यो गीत तयार गरेको हुँ ।”