काठमाडौं । भाकपा (मा ले ) रेड स्टार युद्धको विपक्षमा उभिएको छ । युद्धोन्मादलाई रोक लगाउन जनतासित आग्रह गरेको छ । युद्धबाट हैन जनताको एकजुटता र सामाजिक सौहार्दताबाट मात्र आतंकवादलाई परास्त गर्न सकिन्छ र
एक व्यापक र शक्तिशाली युद्ध विरोधी जनआन्दोलनको निर्माण गरौं ! भन्दै उक्त पार्टीका महासचिव पी जे जेम्सले २०२५ मई ९ तारिखमा वक्तव्य जारी गरेका छन् । वक्तव्य यस प्रकार छ –
“८ मई २०२५ को सर्वदलीय बैठकमा , सरकारले सैन्य कार्य अगाडि बढाउने उद्देश्य नरहेको स्पष्ट घोषणा गरेको थियो । यो पनि भनिएको थियो कि सरकार तनावपूर्ण स्थितिलाई बढ़ाउने पक्षमा छैन । तर पाकिस्तान र भारत पूर्ण युद्धको डिलमा पुगेका छन् । युद्धकोे स्वाभाविक परिणाम हुन्छ — जो युद्ध शुरू गर्दछ , उसले युद्ध रोक्न सक्दैन ।
यति बेला , जम्मू –कश्मीरका जनता सबै भन्दा बढी प्रभावित भएकाछन् । पाकिस्तान सित जोडिएका अन्य राज्यहरुले पनि युद्धको बढ़ी नै तनाव झेलिरहेका छन् । मुख्यतः जम्मू–कश्मीरका जनता अकथनीय पीड़ाका सामना गरी रहेका छन् । त्यहाँ ठूलो पैमानामा जन धनको क्षति भइरहेको छ । यो स्थिति अन्य राज्यहरुमा पनि फैलिदै गएको छ । पाकिस्तानमा स्थिति अरु भयावह हुन सक्दछ । कथित सैन्य–राज्य पाकिस्तानले पहिले नै आफ्नो सेनालाई युद्धबारे निर्णय लिने पूर्ण अधिकार दिएको थियो । तर विचित्रको कुरा त के छ भने पहलगाम आतंकी हमला पछि भारत जस्तो आफू लाई ‘ लोकतंत्र की जननी ’ बताउने देशको सरकारले पनि सैन्य आक्रमणको सम्बन्धमा निर्णय लिने पूरा स्वतन्त्रता सेनालाई नै दिएको छ । । यसो गर्नु भनेको सैन्यवादलाई समर्थन दिनु हो — ती पनि मानव इतिहासको यस दौरानमा , जहां मानवता का अगाडिआउने वाला कुनै पनि समस्या, जसमा आतंकवाद पनि पर्दछ , का सैन्य समाधान छैन । बरु, राजनीतिक समाधान नै एकमात्र विकल्प हो !
यस बीच, तथापि औपचारिकरुपमा युद्ध घोषणा भएको छैन , तर गोदी मीडिया र कॉर्पोरेट–स्वामित्वमा रहेका टीवी चैनल युद्धको सहमति बनाउन दिन–रात लागि परेका छन् । जहां कॉरपोरेट मीडियाद्वारा झूठा समचार फैलाउने काम भइरहेको छ । युद्धोन्माद र युद्ध हिस्टीरियालाई रोक्ने कुनै आधिकारिक हस्तक्षेप हुन सकिरहेको छैन । ती स्वतंत्र विचार राख्ने वाला अनलाइन सुप्रसिद्ध पत्रिका र पोर्टललाई ब्लॉक गर्नका लागि सरकारी निगरानी पूरै जोरतोडले बढाइएको छ । ज जसले असहमति या भिन्न मत राख्दछन्, उनीहरुको वोली बन्द गराउँदैछ , उनीहरुमाथि आक्रमण गर्दै छ ।यहाँ सम्म कि उनीहरुलाई गिरफ्तार गरेर जेल हाल्दै छ ।यसका साथै पूरै भारतमा मुस्लिम र कश्मीरी जनता विशेषगरी
विद्यार्थीका विरुद्ध हिंसा, प्रताड़ना र घृणा फैलाने घिनलाग्दो फासीवादी हरकत चुलिदै छ ।
यस्तो बेलामा , जनताहरु — विशेषगरी ती बहुसंख्यक मेहनतकश र उत्पीड़ित वर्ग खाना , औषधि र बासस्थान जस्ता आधारभूत चिजहरुबाट पनि बञ्चित भइरहेका छन् । उनीहरु अगाडि बढेर युद्धलाई नकार्न जरुरी छ । युद्ध सबै शासक वर्गको निम्ति जनताका ध्यान उनीहरुको वास्तविक मुद्दाबाट अन्यत्र मोड्ने सुनौलो अवसर हो । यो अमेरिका र चीन जस्ता साम्राज्यवादी शक्तिहरुलाई सैन्य–औद्योगिक गठजोड़को लागि एक वरदान हुन जान्छ । भारत र पाकिस्तान जस्ता देश हतियारको लागि तिनीहरु माथि निर्भर छन् । ताकि तिनीहरुले आफ्नो मुनाफा बढ़ाउन सक्छन् । अंततः युद्धको लागि अस्त्र शस्त्र जुटाउने नाममा यी सारा बोझ करको वृद्धि, महङ्गी वृद्धि, सामाजिक सुरक्षामा कटौती आदिको रूपमा मेहनतकश जनताकै थाप्लोमा वोझ आउने हो ।
नव–फासीवादी युगलाई हामीले देखेकै छौं । लामो समय चलेको यूक्रेन युद्ध र प्यालेस्टाइन माथि जायनवादी इजरायली हमलाको मामलामा अन्तरराष्ट्रीय समुदाय केवल बयानबाज़ी बाहेक कुनै ठोस र ईमानदार पहलकदमी लिन सकेका छैनन् । यसर्थ युद्धोन्माद र सैन्य तनावलाई रोक्नु नै आवश्यक छ । त्यस निम्ति तत्काल कूटनीतिक प्रयास तेज़ पार्नु पर्छ र सार्थक संवादको लागि उचित पहलकदमी लिनु पर्दछ ।
यस स्थतिमा जनताको दायित्व के हुन्छ भने चाहे वैचारिक या धार्मिक दृष्टिकोण जे सुकै होस् — उनीहरुले देशका सबै प्रगतिशील र लोकतान्त्रिक एक जुट भएर , सरकारलाई तत्काल युद्धविराम र शान्तिको दिशामा कदम चाल्न बाध्य पार्नु पर्दछ । आतंकवादलाई केवल जनताको एकजुटता र सामाजिक सौहार्दताबाट मात्र जरैबाट मेटाउन सकिन्छ । ।अहिले एक व्यापक र शक्तिशाली युद्ध विरोधी जन–आन्दोलनको निर्माण गर्न आवश्यक छ ताकि त्यो आन्दोलोनले युद्धलाई रोक्न र शान्ति स्थापित गर्न सकोस् ।”