फागुन १, काठमाडौं । अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिको बेङलोरको चन्दनपुरमा नयाँ एरिया समिति २०७९ माघ २९ गते गठन गरिएको छ । नगर समितिका सदस्य डर्म विक, नगर सचिव शेरसिंह विक, नगर सदस्य शिबरा विकको पहलमा र केन्द्रीय सदस्य तथा नगर अध्यक्ष किसन बहादुर विकको विशेष उपस्थितिमा ११ पुर्ण र ३ वैकल्पिक ५ सल्लाहकार गरी १९ सदस्य बेङ्गलोरको चन्दनपुरमा अखिल भारत नेपाली एकता समाजको नयाँ एरिया संगठन समिति गठन गरिएको छ ।
समितिको अध्यक्ष प्रकाश बयानी, उपाध्यक्ष रमेश औजी, सचिव सागर बयानी, सह सचिव हरिश बयानी र कोषाध्यक्ष कमला बयानी रहेका छन् । सदस्यहरुमा चर्म विक, शेर बहादुर दयालु, हरिना औजी, तेज कुमार औजी, राजु राम टेलर र निषा टेलर रहेका छन् । बैकल्पिक सदस्यहरुमा प्रकाश राम टेलर, सुरेश दयाल र लक्ष्मी दयाल रहेका छन् । र सल्लाहकार रमेश दयाल, टेक विक, भबि बयानी, दिपक बोहरा र जनकराज जोशी रहेका छन् ।
अन्तमा अध्यक्ष किसन बहादुर विकले अखिल भारत नेपाली एकता समाजको लक्ष्य उद्देश्यबारे स्पष्ट पार्दै नवनिर्वाचित अध्यक्षद्वारा सपथ ग्रहण गराइएको थियो ।
बेङलोरको चन्दनपुरमा नयाँ समिति गठन

Comments