फागुन १, काठमाडौं । नेकपा (मशाल) बागलुङको प्रशिक्षण कार्यक्रम २०७९ माघ २७ र २८ गते जैमिनी नगरपालिकाको राङखानीमा सम्पन्न भएको छ । प्रवक्ता रेशम गिरीले एक प्रेस वक्तव्य प्रकाशित गर्दै सो कुराको जानकारी गराइएको छ ।
वक्तव्यमा अगाडि भनिएको छ –“मिति २०७९ माघ २७ र २८ मा नेकपा (मशाल) जिल्ला समिति बागलुङको प्रशिक्षण कार्यक्रम जैमिनी नगरपालिकाको राङखानीमा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टीका पिविएम कमरेड कृष्णराज पौडेलले गर्नु भएको थियो । उद्घाटन जनतन्त्रको क्रममा क. पौडेलले वर्गसंघर्षको टुटेको डडिलाई जोड्दै पार्टी पुनर्निर्माणमा लाग्नु पर्ने आजको आवश्यकता हो भन्दै क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकूल बन्दै गैरहेको बताउनुभयो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पार्टीका प्रवक्ता क. रामबहादुर बुढाले क्रान्तिकारीहरुको संयुक्त मोर्चा र ध्रुवीकरणको माध्यमबाट विद्यमान सामन्ती तथा दलाल नोकरशाही पुँजीवादीको व्यवस्थाको अन्त्य गरी राष्ट्रिय पुँजीको विकास गर्नु आजको आवश्यकता हो त्यो कार्य सच्चा कम्युनिस्टहरुले मात्र गर्न सक्दछन् भन्नु भयो । उक्त प्रशिक्षण कार्यक्रममा समसामयिक राजनीति, दर्शन, दुई लाइन संघर्ष र पार्टी पुनर्गठनको आवश्यकता, विशेष महाधिवेशनका निर्णयहरु, पार्टी एकता वार्ता र सहकार्य, संगठन आगामी कार्यक्रम लगायतका विषयमा प्रशिक्षण र छलफल भयो । प्रशिक्षणको उद्घाटन कार्यक्रमको अध्यक्षता जिल्ला सचिव क. प्रकाश, संचालन क. रवि गर्नुभएको कार्यक्रममा क. सफलले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो । मैले शहिदहरुप्रति मौनधारण गरिएको थियो ।
प्रशिक्षणको सन्दर्भमा सम्पन्न जिल्ला समितिको बैठकले आगामी २ महिने संरचनात्मक, प्रचारात्मक तथा संघर्षका कार्यक्रमहरु तय गरेको छ ।
दुई दिनसम्म संचालित प्रशिक्षणको समापन कार्यक्रम माघ २८ गते सम्पन्न भयो । उक्त कार्यक्रमको अध्यक्षता जि.स.क. रतनले र संचालन क. प्रमोदले गर्नुभयो । समापन कार्यक्रममा सहभागीको तर्फबाट क. हिमाल, व्यवस्थापनको तर्फबाट क. सफल र प्रशिक्षणको तर्फबाट क. किरणले मन्तव्य राख्नुभएको थियो । अन्तमा प्रशिक्षण सहभागी, अतिथि र व्यवस्थापनमा खट्ने सम्पूर्ण टीमलाई धन्यवाद दिंदै क. रतनले कार्यक्रमको समापन गर्नुभयो ।”
नेकपा (मशाल) बागलुङको प्रशिक्षण सम्पन्न
Comments