फागुन ३, काठमाडौ । नेकपा (मशाल) का प्रबक्ता तथाअध्ययता रामबहादुर बुढा द्वारा लिखित र प्रकाशित पुस्तक नेकपा
(मसाल) भित्र अन्तर्सङ्घर्ष (२०७२ – २०७८) बजारमा आएको छ । नेकपा मसाल भित्र चलेको गम्भीर वैचारिक र सांगठनिक अन्तर संघर्षको कहानी समेटिएको उक्त पुस्तक नेपालको कम्युनिस्ट आन्दोलनको एक पुँजीकोरुपमा रहेको छ ।
नेकपा (मसाल) को आठौं महाधिवेशनको सिलसिलामा पार्टी भित्र चलेको अन्तर्संघर्षको कहानी ,अल्पमतको क्रान्तिकारी नीति तथा बहुमतको दक्षिणपन्थी नीति, कार्यकर्ताहरुलाई नेतृत्वबाट गरिएका एकलीकरण सांगठनिक विघटनको साथै कार्वाही र निस्काशनको नालीबेली रहेको उक्त पुस्तक राजनीति ,क्रान्तिकारी कम्युनिस्ट पार्टीमा क्रियाशील सबैले अध्ययन गर्नु पर्ने खालको रहेकोछ ।मसाल पार्टी भित्र के के भएका थिए ? आठौं महाधिवेशनका दौरानमा के के भए ? कसरी अल्पमत माथि दमन भयो ? यी विषयहरुमा बिस्तृत विवरण पुस्तकले दिएकोछ ।
क्रान्तिकारी विचार रक्षाका लागि क्रान्तिकारीहरुले कदम के हो भन्ने विषयमा दस्ताबेज सहित जानकारी दिइएकोछ ।
लेखक बुढा नेकपा(मसाल) भित्र विभिन्न मोर्चा र पार्टीमा लामो समय देखि काम गर्दै आएका थिए। अन्तर्संघर्षका सिलसिलामा लेखक बुढालाई मसालले २०७७ साल कार्तिकमा सम्पूर्ण जिम्मेवारी बाट मुक्त गरेको थियो र २०७८ साल भाद्रमा अनिश्चितकालका लागि निस्कासन गरेको थियो ।
पुस्तकमा ३८४ पृष्ठ रहेकोछ । विषय स्पष्टताका लागि परिशिष्टहरु दिइएकोछ ।