मदन – आश्रित स्मृति दिवस

काठमाडौँ । आज जेष्ठ ३ गते नेकपा (एमाले) ले विभिन्न कार्यक्रम गरी
मदन – आश्रित स्मृति दिवस मनाइउदै छ । नेकपा ( एमाले) का तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेष्ठ ३ गते जीप दुर्घटनामा परी चितवनको दासढुङ्खामा मृत्यु भएको थियो । त्यो मृत्युलाई आमरुपमा रहस्यमय हत्या भनिन्छ । मदन कुमार भण्डारी र जीवराज आश्रित कास्कीको एक कार्यक्रम सकेर चितवन जाँदैगर्दा दुर्घटनामा परेका थिए । चालक अमर लामा भने जीवितै रहेका थिए र पछि लामाको पनि कीर्तिपुरमा अज्ञात व्यक्तिबाट हत्या भएको थियोृ । लामाको हत्याले मदन–आश्रित हत्यालाई अरु रहस्यमय बनाएको छ । मदन भण्डारीलाई एमाले लगायतका पार्टीहरुले उनले अगाडि सारेको बहुदलीय जनवादलाई माक्र्सवादको श्रृजनात्मक प्रयोग भनेका छन् तर क्रान्तिकारी धाराका पार्टीहरुले नवसंशोधनवादको नेपाली संस्करण भन्दै आएका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित