काठमाडौं । रुस र युक्रेन बीच पहिलो चरणको वार्ता गत मई १६ मा सम्पन्न भएको छ । एक –एक हजार युद्ध बन्दी साट्ने सहमति गर्दै बार्ता सम्पन्न भएको हो । वार्ता टर्कीको डोल्माबाहे राष्ट्रपति भवनमा भएको थियो । पहिलो चरणको छलफल दुई घण्टा मात्र चलेको थियो ।रुसी महासंघको आधिकारिक संचारमाध्यम मेजुडाले बताए अनुसार रुसी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गरेका हुन् र उपविदेशमन्त्री मिखाइल गालुजिन, सैन्य गुप्तचर प्रमुख इगोर कोस्ट्युकोभ र उपरक्षामन्त्री अलेक्ज्याण्डर फोमिन बार्ता टोलीमा थिए । रक्षामन्त्री रुस्तेम उमरोभले युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व गरे, जसमा प्रथम उपविदेशमन्त्री सेर्ही किस्लिट्सिया, युक्रेनको सुरक्षा सेवाका उपप्रमुख ओलेक्जेन्डर पोक्लाड र सैन्य गुप्तचर उपप्रमुख वाडिम स्किबित्स्की सहित १० अतिरिक्त सदस्यहरू समावेश थिए । मेडिन्स्कीले भने कि दुवै पक्षले सम्भावित युद्धविरामको लागि आफ्नो दृष्टिकोणको रूपरेखा तयार गरेपछि वार्ता पुनः सुरु गर्नेछन्। अर्को बैठकको मिति अझै तय भएको छैन।
दुवै पक्ष बार्ताबाट युद्ध अन्त्य गर्न चाहेको देखिन्छ तर दुवै पक्ष कसरी माथि पर्ने दाउ खेलिरहेका छन् ।
मेडिन्स्कीले वार्ताका क्रममा रूस सधैं लड्न तयार छ भनेर युक्रेनलाई चेतावनी दिएका थिए।
ूहामीले २१ वर्षसम्म स्वीडेनसँग लड्यौं। तिमीहरु कति समयसम्म लड्न तयारछौ भनेर मेडिन्स्कीले युक्रेनी प्रतिनिधिमण्डललाई धम्काएका थिए ।रूसी वार्ताकारहरूले युक्रेनको सुमी र खार्किभ क्षेत्रहरू कब्जा गर्ने धम्की पनि दिएका थिए।
वार्ताको क्रममा भएको एक मात्र सम्झौता कैदी आदानप्रदान कार्यान्वयन भयो भने बार्ता सकारात्मक दिशामा जाने आशा गरिएको छ ।

