जापान । ग्लोबल फोरम जापानद्वारा ‘जातीय भेदभावको अन्त्य र समानताको उदय’ विषयमा अन्तरसंवाद कार्यक्रम आयोजना हुने भएको छ।“जातीय भेदभावको अन्त्य, समानताको उदय” भन्ने अभियानअन्तर्गत आयोजित यस कार्यक्रममा राष्ट्रिय दिवसको अवसरमा शुभकामना आदानप्रदान सहित सामाजिक एवम् राजनैतिक बिश्लेषक तथा सामाजिक अभियन्ता ‘आहूति’ सँग अन्तरसंवाद गरिनेछ ।
ग्लोबल फोरम जापानले “समतामूलक समाज– एकमात्र विकल्प” भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गर्दै आइरहेको छ। ग्लोबल फोरम जापानले सबै नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई समतामूलक समाज निर्माणमा सहयोग पुर्याउन हार्दिक आमन्त्रण गरेको छ। कार्यक्रम जुन ८ ,२०२५ मा दिनको १२ बजे सोलमारी नेपाली मुरा हल सिनोकुबोमा हुने ‘ग्लोबल फोरम जापान’ अध्यक्ष मुना सुनारले जानकारी दिनुभयो।

