चेन्नई । अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिको आयोजनामा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा चेन्नै पश्चिम नगर समितिका अध्यक्ष अर्जुन केसीको विदाई
कार्यक्रम सम्पन्न भएको छ। विधाइ कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष राजु अधिकारीले गर्नु भयो। अतिथिको आशनग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलार्इ शब्दबाट नगर सदस्य हिरा पौडेलले र संगितबाट रक्तिमका कलाकारहरूले स्वागत गरेका थिए। समाजका केन्द्रीय महासचिव महेन्द्र वस्यालले अविर र दोसल्ला ओडाएर अर्जुन केसीलार्इ सम्मान तथा सारगर्भित शब्दसहित विधाइ मन्तव्य राख्नु भएको थियो। वहाँले अगाडी भन्नु भयो अर्जुन केसी १९८६ मा तमिलनाडुको कोईम्बातुरमा आएर समाजको सदस्यता ग्रहण गरी राजनीतिक क्यारीयर शुरू गर्नु भएको थियो। पछि १९९० मा चेन्नईमा पुगी युवक मोर्चा तथा एकतासमाजको एरिया, नगर अध्यक्ष, क्षेत्रीय सदस्य र केन्द्रीय सदस्य जस्तो गरिमामय पदमा रहेर संगठन निर्माणमा जुन अविष्मरणीय योगदान दिनु भएको छ। वहाँले संगठनमा हमेशा आर्थिक पारदर्शिता र कुशल नेतृत्वको रूपमा रहेर काम गर्नु भयो। वहाँले दिएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै स –सम्मान वहालार्इ समितिबाट विधाइ गरिएको छ। वहाँ एक मिलनसार, जुझारू स्वभावको लगनशील, निष्ठावान निष्कलंक छवि भएको व्यक्तित्व हुनुहुन्छ। वहाँले स्वदेशमा गएर पनि देश र जनताको पक्षमा संगठित हुदै क्रान्तिकारी कम्युनिस्ट पार्टीको सकृय सदस्यको रूपमा काम गर्नु हुनेछ भन्नु भयो। वहाँको अवकाश जीवन सुखमय आरामदायक र सुस्वास्थ्य रहेस भन्ने शुभकामना दिनु भयो। अविर तथा शल ओढाउनुकासाथै विधाई मन्तव्य राख्नेहरूमा केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष हेमराज रिजाल, केन्द्रीय सदस्य तथा चेन्नई उत्तर नगर सदस्य तिलकराम गोराथोकी, केन्द्रीय सदस्य तथा चेन्नै दक्षिण नगर कोषाध्यक्ष दुर्गा सुवेदी, केन्द्रीय सदस्य माया रोका, सिता घिमीरे, क्षेत्रीय सदस्य मोहराज शर्मा, भिम बहादुर थापा, प्रेमसागर सुवेदी, नगर सदस्य प्रेम गोतामे, मैना अधिकारी र पार्वती शर्मा रहेका थिए। अन्तमा अर्जुन केसीले आफ्नो भनाइ राख्नु भएको थियो। मिसेस अर्जुनले उपस्थित सबैलाइ मिठाइ बाड्नु भएको थियो। भने कार्यक्रमको संचालन केन्द्रीय सदस्य देवी रिजालले गर्नु भएको थियो।




