सांसद चन्द्र भण्डारी र उनकी आमाको स्थिति गम्भीर

काठमाडौँ। गुल्मी क्षेत्र नं. १ बाट विजयी सांसद चन्द्र भण्डारीको काठमाडौं बुद्धनगर स्थित कोठामा खाना पकाउने ग्याँस पड्कदा आमा, छोरा नै गम्भीर घाइते भएका छन् । अहिले उनीहरुको कीर्तिपुरको एक अस्पतालमा उपचार भैरहेकोछ ।

भण्डारी गुल्मी क्षेत्र नं. १ बाट नेपाली काँग्रेसको तर्फबाट संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन । उनी २०६४ र २०७४ को निर्बाचनमा पराजित भएका थिए भने २०७० र २०७९ को निर्वाचनमा विजय भएका थिए। विद्यार्थीकालमा उनी नेबि संघको महामन्त्री समेत भएर काम गरेकाथिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित