करण दयाल
हजारौं सवालले बाझिएको हौला म
बेतुक सवाल जवाफले ग्रस्त होला म
चुपचाप बसेको छ भनेर नजरअन्दाज
नगर मैले अनुभव गरिराखेको छु म।
माक्र्सवादले सिकाएको ज्ञान बटुलेको छु
माक्र्सवादी ज्ञान पुनः खोतल्दै गएको छु
माक्र्स लेनिन माओवाद बिचारधारा प्रति
सैद्धान्तिक अध्ययन गरेर स्पस्ट भएको छु।
त्यहि हो धन सम्पत्ति माक्र्सवादी सिद्धान्त
माक्र्सवाद सिद्धान्तमा निर्धक्क र नितान्त
त्यसैले मलाई लाग्छ म खारिएको सुन झै
स्पस्ट संरचना छ स्पस्ट राखेको छु सिद्धान्त
गरिबी छ समाजिक छु धन सम्पत्ति छैन
धन सम्पत्तिले मात्र माइने राख्ने कुरा हुदैन
धन सम्पत्तिले त घमण्ड इगो धुरङकारी
बाटो तिर लोभ्याउछ त्यसैले त्यो बाटो मेरो होइन।
ठुलो शिक्षाको डिग्री छैन समाजिक ज्ञान छ
मेरो समाजिक ज्ञान सैद्धान्तिक बाटोमा छ
सर्वहारा समाजिक ज्ञान छ भने डिग्रीको के
काम सर्वहारा संरचना बुदा बुदामा गको छ।
हेला नगरौ माक्र्सवादी आँखाले नियालेर हेरौं
द्वन्द्वात्मक भौतिकवादको संरचनाबाट हेर्ने गरौं
लेनिनवादी पद्धतिको विश्व इतिहासले के भन्छ
त्यसै अनुरूपको गुणज्ञान गुणस्तरीय कार्य गरौं।
मान्छेलाई हेला गर्न आफ्नै भविष्य बिगार्न हो
अरूलाई कम्जोर देखाएर आफू विशाल बन्न हो
देखावटी गरेर कहाँसम्म लिपापोतीहोला एक
दिन भविष्य अवश्य चम्किलो भएर आउने हो।
घमण्ड पुन बेलकुलै परास्त गर समाजिक बन्नुपर्छ
घमण्डले धन ,मन, जिउ, ज्यान इज्जत धरापमा पर्छ
त्यसैले घमण्डलाई आफै निस्तेज पारेर समाजिक
अनुशासनमा रही घमण्डलाई जरैदेखि फाल्नुपर्छ।

