फागुन ४, काठमाडौ । चिनियाँ राष्ट्रपति सि जिन्पिङ र इरानका राष्ट्रपति इब्राहिम रैसीले आपसी सहयोग आदानप्रदानबारे सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । इरानी राष्ट्रपति रैसीको हालै तीन दिने चीन भ्रमणका क्रममा गत फेब्रुअरी
१४ तारिखका दिन बेइजिङमा सो सम्झौता भएको हो । कृषि, ब्यापार, पर्यटन, वातावरणीय संरक्षण, स्वास्थ्य, विपत्तिमा उद्धार, संस्कृति, खेलकुद लगायतको विषयमा सम्झौता भएको बेइजिङ रिभ्युले जनाएकोछ ।
भेटघाटका क्रममा राष्ट्रपति सिले इरानी राष्ट्रपति रैसलाई इरानको सार्वभौमसत्ताको रक्षा, स्वतन्त्रता र अखण्डता, इरानको सुरक्षा र स्थायित्वका लागि मद्दतगर्न सदा तत्पर रहेको बताए ।
चीन र इरानको सम्बन्ध निकै पुरानो हो । गत कोभिड महामारीमा पनि यी दुवै देशले एकले अर्कालाई सरसहयोग गरेका थिए । अन्तर्राष्ट्रिय मुद्दाहरुमा चीन र इरान प्रायः समान धारणा राख्दै आइरहेको र पश्चिमाहरुको अतिक्रमणकारी नीतिको पनि दुवै देश विरोधी भैरहेको अवस्थामा इरानी राष्ट्रपति इब्राहिम रैसको चीन भ्रमणलाई स्वभाविक मान्न सकिन्छ ।