गठबन्धन नटुट्ने नेता भट्टको दावी

फागुन ४, धनगढी । पूर्व माओवादी नेता तथा हाल नेकपा (एमाले) का केन्द्रीय सचिव रहेका लेखराज भट्टले सात दलीय सत्ता गठबन्धन नटुट्ने दावी गरेका छन् । राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रले राष्ट्रिय सहमति खोज्ने निर्णय गरेपछि वर्तमान सत्ता गठबन्धन टुट्ने आशंका गरिएकै बेला सचिव भट्टको उक्त अभिव्यक्ति आएको छ । भट्टले एमालेले राष्ट्रपतिमा सबैलाई मान्य हुने उम्मेदवार बनाउने दावी समेत गरेका छन् ।

“अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर गठबन्धन के हुन्छ ? भन्ने आम मानिसलाई चासो छ । राष्ट्रपतिका लागि गठबन्धनमा जे सहमति भएको छ त्यहीअनुसार अघि बढ्छ ।” – प्रेस चौतारी कैलालीले ४ फागुनमा अत्तरियामा गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिब भट्टले भनेका छन भने – “पार्टीले सबैलाई मान्य हुनेगरी उपयुक्त उम्मेदवार उठाउँछ । गठबन्धन कायम रहन्छ ।”

राष्ट्रपति चुनावलाई लिएर गठबन्धन भत्किने सम्भावना नरहेको बताउँदै एमाले सचिव भट्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति भनेर सबै दलको भावनाको प्रतिनिधित्व हुने राजनीतिक व्यक्तिलाई इंगित गर्न खोजेकाले एमालेले प्रचण्डको सोही चाहाना अनुसार राष्ट्रपतिको उम्मेदवार चयन गर्ने प्रस्ट पारे ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित