समिक बडाल एमाले निकट अखिलको अध्यक्षमा निर्वाचित

काठमाडौं / समिक बडाल  नेकपा (एमाले) निकट विद्यार्थी संगठनको अध्यक्षमा निर्वाचित भएका छन् । अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट समिक अध्यक्षमा निर्वाचित भएका हुन । फागुन ५ गते बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई ६०६ मतान्तरले पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित भएका छन् ।

प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलका अनुसार बडालले नौ सय ६२ तथा लामिछानेले तीन सय ५६ मत प्राप्त गरेका छन् । महाविधेशनमा एक हजार पाँच सय ८८ प्रतिनिधि सहभागी रहेको बताइएको थियो । मतदान ४२ विद्युतीय मेसिनबाट गराइएको थियो । निर्वाचनबाट आगामी दुई वर्षका लागि १७ पदाधिकारीसहित  १९९ सदस्यीय केन्द्रीय कमिटी  र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) मा  १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् ।

निर्वाचनबाट समितिको उपाध्यक्षमा ७६३ मतका साथ गोबिन्द गिरि , ७५१ मतका साथ नारायण घर्ती, मर्यादा ६७५ मतका साथ मर्यादा बिष्ट र ५०१ मतका साथ धर्म गिरि  निर्वाचित भएका छन्। महासचिवमा नरेश रोकाया सात सय ३३ मत प्राप्त गरी विजय भएका छन भने कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित भएका छन । यस्तै सात सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले बिजयी भएका छन् ।

लामिछाने आक्रोसित
यसै बिच नेकपा (एमाले )निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्वियु) को महाधिवेशनमा अध्यक्षमा पराजित भएका आरसी लामिछानेले आक्रोश व्यक्त गरेका छन् । निर्वाचनको अन्तिम मतपरिणाम आउनु अगावै आफ्नो हार निष्चित देखेपछि लामिछानेले आक्रोश व्यक्त गर्दै सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।

“मर्यादा बिर्सनेहरुलाई प्यार, तिम्रो नीचतालाई धिक्कार। हामी भेट्ने छौ।” – आरसी लामिछानेको फेसबुक स्टाटसमा उल्लेख छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित