सांसद चौधरीको कैद मिनाह गरिदै

फागुन ५, काठमाडौं । ट्याक्टरमा आगो लगाएको आरोपमा पक्राउ  गरिएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीको कैद मिनाह हुने भएको छ । सरकारले  सांसद  चौधरीको कैद मिनाहाको प्रक्रिया अघि बढाउने निर्णय गर्दै फाइल राष्ट्रपति कार्यालयमा पठाएको छ ।

चौधरी  कैलाली–२ बाट निर्वाचित सांसद हुन । उनी माथी ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजायको फैसला भएको थियो । उनी सांसद बनेपछि पक्राउ परेका थिए ।महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा गृह मन्त्रालयले कैद मिनाहाका लागि फाइल मन्त्रिपरिषदमा पठाएको थियो र मन्त्रिपरिषदले फाइल राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरिसकेको हो । गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएको हो ।

राष्ट्रपति कार्यालयले ७ फागुनका दिन प्रजातन्त्र दिवसका अवसरमा असल चालचलन भएका केही कैदीहरुको कैद माफीमिनाहा गर्दैछ । चौधरीको नाम पनि प्रचण्ड सरकारले माफी मिनाह गर्नुपर्ने बन्दीहरुको सुचिमा समाबेस गरि राष्ट्रपति कार्यालयमा पठाएको  हो  । कैद माफी मिनाहाको अन्तिम निर्णय राष्ट्रपतिबाट हुन्छ । अब सम्भवत फागुन ७ गतेका दिन चौधरी  कैद मुक्त हुनेछन र संसदमा  फर्कनेछन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित