दुर्गा प्रसाईँलाई कारवाही गर्न सिफारिस

फागुन ७, काठमाडौं । ज्ञानेन्द्र शाहका सपरिवारलाई मन्चमा राखेर “नागरिक महाअभियान” सुरु गरेका दुर्गा प्रसाईँलाई कारवाही गर्न एमाले प्रदेश समितिले सिफारिस गरेको छ ।
एमाले केन्द्रीय सदस्य समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले २०७९ फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा झापाको मेची पुलबाट मेची–महाकाली अभियान सुरु गरेका थिए । उनको त्यो अभियानलाई राजनैतिक वृत्तमा “प्रतिगामी यात्रा” भन्दै टिप्पणी गरिएको थियो । एमाले केन्द्रीय सदस्यबाटै प्रतिगामी यात्राको सुरुवात गरिएको भन्दै चौतर्फी रुपमा आलोचना आइरहेकै बेला एमाले एक नम्बर प्रदेश समितिले प्रसाईँलाई कारवाहिको सिफारिस गरेको हो ।

एमाले एक नम्बर प्रदेश कमिटिको २०७९ फागुन ६ गते बसेको पूर्ण बैठकले प्रसाईँको उक्त अभियानलाई पार्टी हित विपरीतको गतिविधि ठहर गर्दै प्रसाईँलाई कारबाहीको लागि केन्द्रमा सिफारिस गरेको हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित