भग्नावशेसबाट निकालियो फुटबलर अत्सुको शव

फागुन ७, काठमाडौं । घानाको राष्ट्रिय फुटबल टोलीका खेलाडी क्रिस्टियन अत्सुको शव टर्कीको भग्नावशेस बाट निकालिएको छ । टर्कीमा ६ फेब्रुअरी २०२३ मा गएको भूकम्पमा हतायस्थित अत्सु बसेको भवन भत्किँएको थियो । त्यसयता अत्सु सम्पर्कविहीन थिए । उद्धार टोलीले १८ फेब्रुअरीका दिन ३१ वर्षीय खेलाडी अत्सुको मृत शरीर भग्नावशेषबाट निकालेको जनाएको छ ।

अत्सु एक अब्बल खेलाडी भएको र उनलाई सधैँ स्मरण गरिरहने ह्याटेस्पोरले जनाएको छ । इङ्लिस प्रिमियर लिग क्लब एभर्टन, चेल्सी र न्युक्यासल युनाइटेडसँग खेलेपछि अत्सु गत वर्ष सेप्टेम्बरमा ह्याटेस्पोरमा आबद्ध भएका थिए । ह्याटेस्पोरले उनको मृत्युको खबरसँगै श्रद्धाञ्जली व्यक्त गर्दै उनी अब्बल खेलाडी रहेको जनाएको हो ।
अत्सुले घानालाई २०१५ मा अफ्रिका कपको फाइनलमा पु¥याएका थिए ।
(एजेन्सीको सहयोगमा)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित