फागुन ७, काठमाडौं । नरेन्द्र बहादुर थापाको नेतृत्वमा अखिल नेपाल शिक्षक संघको पुनगर्ठन गरिएको छ । गत फागुन ६ गतेको बैठकबाट १ रिक्त सहित ९ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरिएको एक वक्तव्य प्रकाशित गरी जानकारी गराइएको छ । अखिल नेपाल शिक्षक संघ लामो समयदेखि शिक्षकहरुको हक अधिकारको लागि संघर्षरत संगठन हो । अखिल नेपाल शिक्षक संघको नेतृत्वले संगठनलाई सत्ताप्रति सम्झौता परस्त संगठन बनाई शिक्षक अधिकारको संघर्षलाई कमजोर बनाएको हुँदा उक्त संगठन पुनर्गठन गर्नु परेको वक्तव्यमा उल्लेखित छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ ः
“यही २०७९ साल फागुन ५ गतेका दिन अखिल नेपाल शिक्षक संघ केन्द्रिय आयोजक समितिको बैठक भर्चुअल रूपमा संयोजक नरेन्द्रबहादुर थापाको अध्यक्षतामा बसी गरिएका निर्णयहरु सार्वजनिक गर्न यो प्रेस वक्तव्य प्रकाशित गरिएको छ । बैठकमा नेकपा (मशाल) का पोलिटब्युरो सदस्य कामरेड कृष्णराज पौडेलको पनि उपस्थिति थियो ।
सानोभाइ कार्कीले नेतृत्व गरेको अखिल नेपाल शिक्षक संघमा हामी कार्यरत रहँदै आएका थियौँ । तर त्यस संगठनले शिक्षकहरुको अधिकारको पक्षमा संघर्ष गर्ने भन्दा पनि सत्ता सित सुलह – सम्झौतामा सङ्गठनलाई लगाउने काम गरेकाले त्यस सङ्गठनले विद्यमान शैक्षिक गुणस्तर र व्यवस्थापनमा सुधार र शिक्षक हक , हित र अधिकारको लागि संघर्षको कार्यभार पुरा गर्न नसक्ने भएकाले उक्त संघको नेतृत्व पुनर्गठन गर्नुपर्ने आवश्यकता भएको बैठकले निष्कर्ष निकालेको छ । त्यसैले निवृत्त शिक्षक तथा अखिल नेपाल शिक्षक संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर थापाको संयोजकत्वमा गत मङ्सिरमा गठित एक रिक्त सहित ९ सदस्यीय आयोजक समितिलाई सार्वजनिक गर्दै आगामी २०८० बैशाख पहिलो हप्तामा राष्ट्रिय भेला गरी अखिल नेपाल शिक्षक संघ केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय भएको घोषणा गरिन्छ ।
आयोजक समितिः संयोजक ः नरेन्द्रबहादुर थापा (अर्घाखाँची), सदस्य ः बोमबहादुर बुढा (बागलुङ), सदस्य ःभरत बहादुर सुनार (प्युठान), सदस्य ः हिरोहित पौडेल (कास्की) , सदस्य ः दलबहादुर के.सी. (अर्घाखाँची) सदस्य ः लोकेन्द्र निराशी (बाग्लुङ), सदस्य ः लक्ष्मी बस्याल (रुपन्देही), सदस्य ः विस्वास पौडेल (काठमाडौ) ।”