भव्य रुपमा मनाइयो ७३औँ प्रजातन्त्र दिवस

फागुन ७, काठमाडौं । त्रिहत्तरौ प्रजातन्त्र दिवस २०७९ फागुन ७ गतेका दिन सैनिकमञ्च टुँडिखेल काठमाडौंमा विशेष समारोहको आयोजना गरी भव्य रुपमा मनाइएको छ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारीलगायतको आतिथ्यता रहेको थियो । समारोहलाई “७३ औं प्रजातन्त्र मूल समारोह समिति” का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका थिए ।

स्मरणरहोस फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिन हो । २००७ साल फागुन ७ गते नेपालमा १०४ वर्षे जहानियाँ राणा शासनले जनता सामु घुडा टेकेको थियो । नेपाली जनता रैतीबाट नागरिक बनेको सोही ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष फागुन ७ का दिन प्रजातन्त्र दिवस मनाउने गरिन्छ । वि. स. २००८ सालपछि प्रत्येक बर्षको फागुन ७ गते प्रजातन्त्र दिवस मनाउदै आइएको छ ।

यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस समारोह उत्सवमय बनेको थियो । समारोहमा नेपाली सेनाले “राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९” अंकित व्यानर हेलिकोप्टरबाट पुष्पवृष्टि गराएको थियो । समारोहको अगाडि मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मार्चपासका साथै राष्ट्रिय गीतका धुन र ब्याण्ड समेत प्रस्तुत गरेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित