वर्तमान सत्ता गठबन्धन भत्कन सक्छ : नेपाल

काठमाडौँ । पुर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ताधारी गठन्धन भत्कन सक्ने बताएका छन् । यो गठबन्ध कुन दिन भत्किन्छ टुङ्गो नभएको उनको भनाइ छ ।

‘कुन दिन त्यो गठबन्धन भत्किने हो ? ठेगान छैन ।’ पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठक उद्घाटन गर्दै ७ फागुनका दिन नेता नेपालले भनेका छन् – ‘त्यो गठबन्धनको सरकार भत्केपछि अनि काँग्रेसले, एकीकृत समाजवादीले काँध थाप्लाकि भनेर त्यहाँ चिन्ता शुरु भइसकेको छ । ढोक्सा थाप्ने भनेको त्यही हो ।’

गठबन्धनमा संविधान विरोधीदेखि पक्षपातिसम्म सबै खाले शक्तिहरू रहेको भन्दै अध्यक्ष नेपालले अबको एक हप्ताभित्र सत्ता गठबन्धनको भविष्य टुङ्गो लाग्ने दाबी गरे ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित