अखिल (छैटौं) को दाङ जिल्ला भेला सम्पन्न

घोराही । अखिल नेपाल स्वतंत्र विद्यार्थी यूनियन (छैटौँ) को दाङ जिल्ला भेला २०७९ फाल्गुन ७ गतेका दिन घोराहीमा सम्पन्न भएको छ । अखिल छैटौँका केन्द्रीय संयोजक दीपक पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलाले सेवक भट्टराईको अध्यक्षतामा १५ सदस्यीय दाङ जिल्ला समिति चयन गरेको छ ।

गठित समितिको उपाध्यक्ष यमसरी घर्ती, सचिव झलक खड़का र कोषाअध्यक्ष प्रकाश के.सी. रहेका छन् । समितिको सहसचिवमा उत्सव पुन रहेका छन् भने सदस्यहरूमा रेग बहादुर घर्ती, काशीराम न्यौपाने, राजन भट्टराई, शर्मिला भट्टराई, रोशनी जी.एम., मेघराज जि.सी., दिव्य सेती मगर, बिपिन पांडेय र रमिता रोका मगर रहेका छन् । समितिको एक स्थानहाललाई रिक्त राखिएको छ।

भेलालाई प्रमुख अतिति पौडेल र अतिथिहरु नेपाल कम्युनिस्ट पार्टी (मशाल)का केन्द्रीय सदस्य शशीधर भण्डारी, मशालका दाङ जिल्ला सचिव राम बहादुर, जिल्ला सदस्य टिका बहादुर वि.क., अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य लीला बहादुर पुन (लालध्वज) र हाँक साप्ताहिकका प्रतिनिधि मेघराज भट्टराईले सम्बोधन गर्दै सफलताको शुभकामना दिएका थिए ।

जिल्ला भेलाको सो कार्यक्रम सेवक भट्टराईको अध्यक्षतता उत्सव पुनको स्वागत मन्तव्य र यमसरी पुनको संचालनमा अघि बढेको थियो । कार्यक्रममा प्रमुख अतिथिले कविताबाट आफ्नो मन्तव्य सुरु गरेका थिए । उत्सव पुनले समेत कविता बाचन गरेको सो भेलामा कार्यक्रम संचालिका यमसरी घर्तीले बीच बीचमा कविता वाचन गर्दै कार्यक्रमलाई रोचक बनाएकी थिइन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित