रहेनन वामबुद्धिजीवी एवं पुर्वमन्त्री मथुराप्रसाद श्रेष्ठ

काठमाडौं । वामबुद्धिजीवी एवं पुर्वमन्त्री मथुरा प्रसाद श्रेष्ठको ८८ बर्षको उमेरमा निधन भएको छ । लामो समय देखि दम र छातीको सङ्क्रमणले पिडित रहेका श्रेष्ठको उपचारकै क्रममा २०७९ फागुन ८ गते बिहान काठमाडौंको माइतीघरमण्डला स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।

श्रेष्ठ वि.स. २०४६को जनआन्दोलन पछि बनेको सरकारमा नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री बनेका थिए । चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका श्रेष्ठ लामो समयदेखि मानवअधिकार क्षेत्रमा पनि पनि कृयासिल थिए ।

श्रेष्ठको पार्थिब शरीरको दाहसंस्कार ९ फागुन गते पशुपति आर्यघाटमा गरिने उनको पारिवारिक स्राेतले बताएको छ । वामबुद्धिजीवी श्रेष्ठका ६ छोरा र एक छोरी रहेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित