काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा जम्मा मतदाता सङ्ख्या ८८१ रहने भएको छ । निर्वाचन आयोगले २०७९ फागुन १० गते बिहान राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा मत दिन पाउने मतदाताहररूको नामावली प्रकाशित गरेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति/उप राष्ट्रपति निर्वाचनमा मत दिने ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । यो नामावलीमा प्रतिनिधिसभा र राष्ट्रियसभाका ३३१ साम्सद र सात प्रदेश सभाका ५५० जना साम्सदको नाम समावेश छ । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन् ।
आयोग द्वारा प्रकाशित गरिएको उक्त मतदाता नामावली माथी दाबी विरोधको उजुरी दिने समय १० फागुनको बिहान ११ बजेदेखि ११ फागुनको दिउस १२ बजेसम्म तोकिएको छ । उक्त समयमा पर्न आएका निवेदन तथा उजुरी उपर फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।