वरिष्ठ उपाध्यक्षमा नेत्र आचार्यको उम्मेदवारी

फागुन १०, भैरहवा । सिद्धार्थ उद्योग बाणिज्य संघ रूपन्देहिको बरिष्ठ उपाध्यक्षमा भैरहवाका चर्चित व्यावसायी नेत्रप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । फागुन १९ र २० गते हुने ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा संघका उपाध्यक्ष आर्चायले बरिष्ठ उपाध्यक्षमा पदमा उम्मेदवारी दिने भएका हुन ।

समाजसेवी र सामाजिक कार्यकर्ताको समेत छवि रहेका आचार्य २०६१ देखि सिद्धार्थ उद्योग वाणिज्य संघमा प्रवेश गरेका थिए । आर्चाय पहिलो पटक २०६४ सालमा कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि तीन कार्यकाल निरन्तर कार्यसमिति सदस्यमा बसेर काम गरेका थिए । त्यसपछि एक कार्यकाल सचिव, एक कार्यकाल महासचिव, एक कार्यकाल उपाध्यक्ष पदमा निर्वाचित भएर काम गरेको अनुभव आचार्यसँग रहेको छ । विगतमा सस्थामा बसेर गरेको कामको अनुभव र योगदानका आधारमा आफूले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेको आचर्यले बताए ।

आचर्यले भने “म  सस्थामा क्रमैसंग बसेर काम गरेको व्यक्ति हु, बिगतको कामको अनुभव र उद्योगी व्यवसायिहरूको हक, हित र अधिकारको लागि बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेको हु, व्यवसायिको पक्षमा काम गर्ने व्यक्तिलाई व्यवसायिले निर्वाचित गराउनेमा ढुक्क छु।“

सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीको सस्थागत विकास र उद्योगी, व्यवसायिको हितका लागि निरन्तर रूपमा काम गर्दै आएका आचार्य भैरहवामा मात्र नभइ समग्र रूपन्देहीमै उद्योगी र व्यवसायीहरूका बीचमा लोकप्रिय रहेका छन् । त्यसैले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएसँगै उनको विजय सुनिश्चित देखिन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित