बाजुरामा फेरि भुकम्प

फागुन १०, धनगढी । बाजुराको विछ्या आसपास केन्द्रबिन्दु बनाएर १० फागुनका दिन दिउँसो १ बजेर ४५ मिनेटमा भुकम्प गएको छ । बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

स्मरणरहोस यसअघि माघ १० गते पनि बाजुरामै केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडकै भूकम्प गएको थियो । उक्त भुकम्पमा परेर एक जनाको ज्यान गएको थियो । त्यसको दुई दिन पछि माघ १२ गते पनि बाजुरामा नै केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

आज गएको भुकम्पको धक्का सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा महशुस गरिएको थियो । तर आज गएको भुकम्पबाट कहाँ कति क्षति भयो त्यसको विवरण भने अझै आइसकेको छैन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित