फागुन १०, काठमाडौं । नेशनल बर्न सेन्टर, नबी मुम्बईमा उपचाररत रहेका नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको छ । भण्डारीको उपचारमा संलग्न डा. अमोल मात्रेका अनुसार एण्टीवायोटिक थप पश्चात् इन्फेक्सनको मात्रा कम हुँदै गएको छ । भण्डारी अब बोल्न पनि थालेका छ्न ।
मुम्बईमा उपचाररत भण्डारीसँगै रहेका योगराज कडेँलले फेसबुकमा लेखेका छन् –“डाक्टरसंग परामर्श लिई रहँदा मेरो आवाज सुनेर योगराज यता आउ भनि बोलाउनु भयो, यहाँ म सँग आएर बस मेरो मास्क हटाउन लगाउ, हात खुट्टाको पट्टी हटाउन लगाउ भन्नु भयो ।”
फागुन ३ गते राती शंखमुल काठमाडौंस्थितमा निवासमा ग्याँस लिक हुँदा आगलागीमा परेर गम्भीर घाइते भएका नेता भण्डारीलाई उपचारका लागि एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो । सो घटनामा परेर गम्भीर घाइते भएकी उनकी आमाको भने ४ फागुनका दिन निधन भएको थियो ।