नेपालको राष्ट्रपति बन्ने नाम विदेसीले सिफारिस गर्नु निन्दनीय : भीम रावल

काठमाडौं । राष्ट्रवादी नेताका रुपमा परिचित एमाले नेता डा. भिम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गर्नु निन्दनीय विषय भएको बताएका छन् ।

“पदका लागि शीर्ष नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि ? ” नेता रावलले सामाजिक सन्जाल फेसबुकमा ११ फागुनमा स्टाटस लेख्दै भनेका छन् – “नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झरिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्नथाले । लज्जास्पद र निन्दनीय ।”

स्मरण रहोस् केही दिन अघि भारतीय वुद्धिजिवी एसडी मुनीले गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउन सुझाव दिदै नेपालको भाबी राष्ट्रपतिमा देवेन्द्रराज पाण्डे, लोकराज बराल, दमननाथ ढुंगाना र अनुराधा कोइराला उपयुक्त पात्र हुने सुझाव दिएका थिए । नेता रावलको स्टाटस एसडी मुनिको उक्त अभिव्यक्ति प्रती नै परिलक्षित रहेको देखिन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित