काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसी क्रिकेट विश्वकप लिग टुको युएईमा हुने खेल खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलिमा सन्दिप लामिछानेको नाम समावेस गरेको छैन । क्यानले युएई जाने खेलाडीको सूचीमा सन्दिप लामिछानेको ठाउँमा प्रतिस जिसीलाई राखेर ११ फागुनमा नामावली सार्वजनिक गरेको छ ।
क्यानले बिहिबार सार्वजनिक गरेको यूएई जाने नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दिप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भीम सार्की, आरिफ शेख, प्रतिस जिसी र मौसम ढकाल रहेका छन् ।
गत हप्ता त्रिबि कृकेट मैदान कृतिपुर काठमाडौंमा भएको लिग टु अन्तर्गतको नामिबिया र स्कटल्याण्ड बिरुद्धको शृङ्खला नेपालले क्लिनस्विप गर्दा सन्दिपको महत्त्वपूर्ण योगदान रहेको थियो । सिरिजका चार खेलमा सन्दीपले कुल १३ बिकेट लिएका थिए । उनकै उत्कृष्ट प्रदर्शनले नेपाल सिरिज क्लिनस्विप गर्न सफल भएको थियो । टिममा सन्दिपको सहभागिताले सबै खेलाडी उत्साहित देखिएका थिए । त्रिबि कृकेट मैदानमा सिरिज अन्तरगतका ती खेल चलिरहदा दर्सक दिर्घा बाट समेत युएई जाने टोलिमा सन्दिपको नाम समाबेस गर्नु पर्ने भन्दै चर्को नाराबाजी गरिएको थियो । तर क्यानले बिहिबार युएई जाने टिमका खेलाडीहरुको नाम सार्वजनिक गर्दा सन्दिपको नाम राख्न सकेन । श्रोतका अनुसार कानुनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले सन्दीपको नाम समावेश नगरेको हो ।
नेपालले लिग टु अन्तर्गत यहि फागुन १५ देखि २२ सम्म युएई र पपुवा न्युगिनीसँग चार खेलको सिरिज खेल्दैछ । नेपाली टोलिले १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग छ । त्यसका लागि नेपाली टोली १३ गते नै युएई जानेछ ।