देशमा विदेशी शक्तिहरूको हस्तक्षेप बढ्नु निन्दनीय : भीम रावल

बिरेन्द्रनगर। एक सच्चा देशभक्त राष्ट्रबादी नेताको छवि बनाएका एमाले नेता भीम रावलले राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेशी शक्तिहरूको हस्तक्षेप बढ्नु निन्दनीय बिषय भएको बताएका छन् ।

“देशको राष्ट्रपति जस्तो पदमा विदेशी हस्तक्षेप त छँदै थियो, राष्ट्रपति को बन्ने भन्ने कुरामा पनि  विदेशीहरूले नाम लिएको कुरा देखियो ।” फागुन १२ गते शुक्रवार बिहान सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै रावलले भनेका छन – “यो निर्लज्ज निन्दनीय छ, तर पनि राजनीतिक दलहरू यसैमा रमाइरहेका छन् ।” केही दिनदेखि अमुक विदेशी राजदूतहरू नेताहरूको घरघरमा गएर भैलो खेलिरहेको स्मरण गराउदै नेता रावलले नेपालको राजनीति नेपाली जनताको भलाई र नेपालका लागि कुनै मतलब नराखेर विदेशीको इसारामा चलिरहेको दाबी गरे ।

पत्रकारहरु सङ्गको कुराकानीमा नेता रावलले कम्युनिस्ट पार्टीहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका थिए । कम्युनिस्ट पार्टीहररू बिनास्वार्थ एक ठाउँमा उभिनू पर्नेमा अहिले सबै कम्युनिस्ट पार्टीहरू आआफ्नै स्वार्थमा अल्झिरहनु दुखद बिषय भएको उनको थप भनाइ थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित